डिजेल, पेट्रोलको मूल्य घट्यो
काठमाडौँ,१५ मङ्सिर- नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश: एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ ।
यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ ।
आइओसीले बिहीबार नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ १२ पैसा र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ नौ पैसा घटेको जानकारी दिएको निगमले जनाएको छ ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















