गरिमा विकास बैंकद्वारा ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

गल्याङ,८ मङ्सिर-गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
बैंकले गल्याङ नगरपालिका वडा नम्बर १ राम्दी र वडा नं.११ हुँगीघाट स्थित बृद्व आश्रममा बस्दै आइका ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । राम्दीमा रहेको शिब पार्वती बृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क सत्सङ्गाश्रममा बस्दै आएका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले न्यानो कपडा वितरण गर्नुभएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले सबैको सकारात्मक सहयोगले गरिमा विकास बैंक अगाडि बढ्दै गएको बताउनुभयो । उहाँले ग्राहकहरुको विश्वासका कारण आफुहरु अगाडि बढेको भन्दै ग्राहकको विश्वासलाई कमी हुन नदिने बताउनुभयो ।

अध्यक्ष बस्यालले गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न कामहरु गरिरहेको र स्याङ्जाका व्यवसायीहरुको सक्रीयतामा स्थापना भएको बैंक अहिले देशव्यापी हुनुमा सबै कर्मचारी, सेयर सदस्य, पत्रकार र सबैको उत्तिकै साथ रहेको बताउनुभयो । उहाँले नविनतम प्रविधि अनुसार बैंकलाई परिमार्जन गर्दै लगिने समेत बताउनुभयो ।

बैंक स्याङ्जाबाटै स्थापना भएकोले राम्दीमा विशेष कार्यक्रम गरेर बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal