गरिमा विकास बैंकद्वारा ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
गल्याङ,८ मङ्सिर-गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
बैंकले गल्याङ नगरपालिका वडा नम्बर १ राम्दी र वडा नं.११ हुँगीघाट स्थित बृद्व आश्रममा बस्दै आइका ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । राम्दीमा रहेको शिब पार्वती बृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क सत्सङ्गाश्रममा बस्दै आएका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले न्यानो कपडा वितरण गर्नुभएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले सबैको सकारात्मक सहयोगले गरिमा विकास बैंक अगाडि बढ्दै गएको बताउनुभयो । उहाँले ग्राहकहरुको विश्वासका कारण आफुहरु अगाडि बढेको भन्दै ग्राहकको विश्वासलाई कमी हुन नदिने बताउनुभयो ।
अध्यक्ष बस्यालले गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न कामहरु गरिरहेको र स्याङ्जाका व्यवसायीहरुको सक्रीयतामा स्थापना भएको बैंक अहिले देशव्यापी हुनुमा सबै कर्मचारी, सेयर सदस्य, पत्रकार र सबैको उत्तिकै साथ रहेको बताउनुभयो । उहाँले नविनतम प्रविधि अनुसार बैंकलाई परिमार्जन गर्दै लगिने समेत बताउनुभयो ।
बैंक स्याङ्जाबाटै स्थापना भएकोले राम्दीमा विशेष कार्यक्रम गरेर बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















