भूकम्प पीडितले पाएनन् राहत

शेरबहादुर सार्की
बाजुरा,८ मङ्सिर- बाजुराको बूढीगङ्गा नगरपालिका –२ का तुलाराम नेपालीको परिवार यतिबेला खुला आकाशमुनि त्रिपालको बासमा छन् । गत असोज १६ गते गएको भूकम्पले घर भत्किएपछि ७ जनाको परिवारसहित उहाँ खुला आकाशमुनि त्रिपालमा बस्न बाध्य छन्।
केही वर्षअघि साहुबाट ऋण लिएर लगाएको घर भूकम्पले भत्काइदिएपछि अहिले त्रिपालमुनिको बास गर्दै आएको बूढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्गका स्थानीय तुलाराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७९ माघ १० गते आएको भूकम्पले चिराचिरा परेको घर गत असोजमा बझाङ्गमा केन्द्रबिन्दु भएर गएको भूकम्पले पूरा भत्किएपछि यतिबेला त्रिपालमुनि बास बस्नुपरेको हो ।”
तातो समयमा बाहिर बस्न सहज भए पनि चिसोको बेला भने बाहिर बस्न निकै समस्या हुन्छ । भूकम्पकाे राहत नमिलेपछि आफू यो देशकाे नागरिक नभए जस्तो लागेको नेपालीले बताउनुभयो ।
राहतका लागि नेपालीले विभिन्न ठाउँमा हात थापे पनि तर उहाँलाई अहिले म्म कुनै ठाउँबाट सहयोग मिलेको छैन । छोराछोरी घरमा राखेर भारतमा रोजगारी गर्न गएका नेपाली यतिबेला गाउँमा आएर घर बनाउने योजनामा छन् । घर निर्माण गर्नाका लागि उहाँले विभिन्न सङ्घ संस्थासँग सहयोग माग गर्दै आएका छन् । उहाँले स्थानीय प्रदेश तथा सङ्घीय सरकारसँग समेत बस्ने घर निर्माणका लागि सहयोग माग गरेको बताउनुभयो । तर पनि नेपालीलाई अहिलेसम्म कतैबाट राहत मिलेको छैन । घरपरिवारलाई पाल्नका लागि लामो समयसम्म भारतमा बस्दै आएका नेपालीलाई चिसोबाट बालबच्चालाई कसरी बचाउने चिन्ता छ ।
यता भूकम्पले घर भत्काएको र उता भारतमा पनि राम्रो काम नपाएपछि नेपालीलाई कसरी घर लगाउने भन्ने चन्ता छ । नेपाली भन्नुहुन्छ, “गाउँमा घर लगाएपछि अहिले भूकम्परहित घर लगाउनुपर्ने भन्ने कुरा छ । पैसा छैन् र अन्य कतैबाट सहयोग मिल्दैन ।
भूकम्पले क्षति गरेका घरको तथ्याङ्क सङ्कलन गरी नगरमार्फत जिल्ला विपत् व्यवस्थापन समितिमा पठाएको बुढीगङ्गा नगरपालिका वडा नं –२ का वडा अध्यक्ष पदम भण्डारीले बताउनुभयो ।
उसो त यो समस्या एकै तुलाराम नेपालीको मात्र होइन । बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका, गौमुल, त्रिवेणी, बूढीगगा र खप्तड छेडेदह गाउँपालिका लगायतका स्थानीयको समस्या पनि यही हो । यहाँका अधिकांश स्थानीयलाई केही समय पहिले घरबासको व्यवस्था गरेपनि अधिकांश स्थानीय अहिले पनि उही भूकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास बस्छन्।स्थानीय सरकारबाट प्राप्त भएको भूकम्पबाट प्रभावित भएको तथ्याङ्क गृह मन्त्रालयमा पठाएको जिल्ला विपत व्यवस्थापन समितिले बाजुराले जनाएको छ ।
स्थानीय निकायले पठाएको तथ्याङ्क अनुसार बाजुरामा भूकम्प प्रभावित घरपरिवारको सङ्ख्या १ हजार चार सय पूर्ण र ३ हजार पाँच सय आंशिक रहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला व्यवस्थापन समिति बाजुराका संयोजक भीमकान्त पौडेलले बताउनुभयो ।
उहाँले भननुभयो, “अहिले बल्ल अस्थायी आवासका लागि मन्त्रालयबाट १४ करोड रुपियाँ आएको छ । त्यो रकम जसको वास्तविक घर पूर्णरुपमा क्षति भएको छ । त्यसलाई नै दिने फेरि स्थानीय निकायलाई तथ्याङ्क माग गरेको छ ।”
स्थानीय निकायलाई जसको घर पूर्णरुपमा भत्किएको छ । त्यस व्यक्तिको नागरिकता घरको तस्विर, प्रहरी मुचुल्कासहित प्रष्ट हुने गरी तथ्याङ्क पठाउन स्थानीय निकायलाई जानकारी गराएको छ।
भूकम्प पीडितका लागि स्थानीय आवासको ढाँचा समेत मन्त्रालयले पठाएको छ । सोही अुनसार बाजुराका भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्ने गरी रकम उपलब्ध गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।गाेप
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार