आइसिसी टी २० विश्वकपकाे उपाधि ओमनलाई
काठमाडौँ,१९ कात्तिक- आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । २२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुम्यो । ओमानका लागि बिलाल खानले दोस्रो बल डट राखे भने तेस्रो र चौथो बलमा नेपालले एक÷एक रन बटुल्यो । पाँचौ र छैँटौ बलमा कुशल मल्लले लगातर दुई चौका प्रहार गरे पनि नेपालको जीतका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
ओमानका लागि कश्याप प्रजापति ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए । कप्तान जिशान मकसुदले १८ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाए । अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए भने प्रतीक अथावाले सात रन जोडे ।नेपालका लागि सन्दीप लामिछाने र करन केसीले दुई÷दुई विकेट लिए भने सोमपाल कामी, गुल्शन झा, अविनाश बोहोरा र विवेक यादवले एक÷एक विकेट लिए ।

नेपालको इन्ङिसमा गुल्शन झाले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रनको योगदान दिए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए ।
नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । छ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।
त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् ।

यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे ।
त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसिले अविजित २० रन जोडे । बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए । त्यस्तै जिसन मक्सुदले एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















