गाउँमै आँखाको उपचार, बृद्धबृद्धा खुसी

अर्जुन काफ्ले
स्याङ्जा,१९कात्तिक- अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ । २० वर्षबाट आँखाको समस्याबाट पटक–पटक काठमाडौँ पुगेर उपचार गर्नु भएकी अर्यालले बुढेसकालमा घरबाहिर उपचार गर्न नसक्ने अवस्थामा नजिकै उपचार पाउनुभएको हो ।
यहाँ एसोसिएसन अन्नपूर्ण नेपालले हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा दरौखोला सामीप्य समाजको व्यवस्थापनमा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । पुतलीबजार नगरपालिका –१३ को महेन्द्र आधारभूत विद्यालयमा गरिएको शिविरमा काठमाडौँमा आँखाको उपचार गर्दा धेरै खर्च गरेको बताउँदै अर्यालले गाउँमा निःशुल्क सेवा पाएको बताउनुभयो ।
अर्यालजस्तै ७५ वर्षीय प्रेमबहादुर क्षेत्रीले पैसाको अभावमा १५ वर्षबाट उपचार नगरी बसेको र गाउँमै उपचार गरेको बताउनुभयो । उपचार गरेका अर्याल र क्षेत्रीको मोतियाबिन्दु भएको र अब पोखराको हिमालय अस्पतालमा अप्रेसन हुनेछ ।
पुतलीबजार नगरपालिका–१३ का वडा सदस्य सूर्यबहादुर रोकाले एक दिने आँखा शिविरमा पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकाका २६३ बिरामीले सेवा लिएको बताउनुभयो ।
शिविरमा ६ जनामा मोतियाबिन्दु र एक जनाको आँखाको पर्दामा समस्या रहेको रोकाले बताउनुभयो । शिविर डा. सुदर्शन पौडेलको नेतृत्वमा ११ जनाको मेडिकल टोलीले गरेको थियो भने यहाँ उपचार गरेका सबै बिरामीलाई निःशुल्क औषधि दिइएको थियो । शिविरमा बच्चादेखि वृद्धाहरू उपचारका लागि आएको र वृद्धाहरूले गाउँमै उपचार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । गाेप
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार