वालिङ नगरपालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने
वलिङ,२१असोज- वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले विद्यालयको प्रअ नियुक्ति गर्दा शिक्षकहरु बिच प्रतिस्पर्धाबाट गर्ने निणर्य गरेको हो ।
शिक्षालाई गुणस्तरीय बनाउनको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य भएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका भित्रका आधारभूत तह सम्म सञ्चालन भएका ८ वटा र माध्यामिक तह तर्फ १६ वटा गरि २४ वटा सामुदायिक विद्यालय रहेका छन् ।
पहिलो चरणमा आधारभूत तह कक्षा १-८ संञ्चालित सबै विद्यालय र माध्यामिक तह तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गरिने नगरपालिकाले जनाएको छ ।
खस्किदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभएको छ । यसै गरि सबै सरकारी कर्मचारी जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि आफ्ना नानिबाबुहरुलाई सामुदायिक विद्यालयमा पढाउन समेत नगरप्रमुख खाँणले आग्रह गर्नुभयो ।
वालिङ नगरपालिका भित्रका शिक्षहरुले आधारभूत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यामिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर उत्तीणर् गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानूनी व्यवस्था नगरपालिकाले गरेको छ ।
ताजा
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार





















