गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेवा स्याङ्जामा सुरु
स्याङ्जा,२१असोज- नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले स्याङ्जाको पुतलीबजारमा तेस्रो उपशाखा कार्यालयको शुभारम्भ गरेको छ ।
एक समारोहका बिच स्याङ्जा शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले माइक्रो इन्स्योरेन्स कम्पनीले ग्रामीण बस्तीका लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख रेग्मीले कम्पनीको तेस्रो शाखाको रुपमा पुतली बजारमा स्थापना गरेकोमा धन्यबाद दिँदै, आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कम्पनीले शुलभ मूल्यको विमा योजना ल्याएकोमा खुशी व्यक्त गर्दै नगरका टोलटोलमा पुगेर आवश्यक जानकारी तथा सुविधा प्रदान गर्न आग्रह गर्नुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय तहसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमामा समावेश गर्ने बताउँनुभयो । भण्डारीले डिजिटल प्रविधिको माध्यमबाट जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान भइरहेको बताउँदै कम्पनीले भुक्तानी दाबीलाई २४ घण्टामै विमकको परिवार समक्ष हस्तान्तरण भइरहेको बताउनुभयो ।
कम्पनीका मार्केटिङ प्रमुख कैलाश देवकोटाले वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















