स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द
स्याङ्जा,१२असोज–अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो । विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाले पठनपाठन भइरहेको समयमा विद्यार्थीमा एक्कासि उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको बताउनुभयो ।
लक्षण देखिएका विद्यार्थीलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जामा परीक्षण गर्दा स्क्रब टाइफस भएको पुष्टि भएको हो। अस्पतालमा भर्ना भएका २८ विद्यार्थीमध्ये अधिकांशमा स्क्रब टाइफस देखिएको रोकाले बताउनुभयो । लक्षण देखिएका ३० विद्यार्थीको दरौ स्वास्थ्य चौकीमा जिल्ला अस्पतालको स्वास्थ्य टोलीले ल्याब परीक्षण गर्दा उनीहरूमा भने पुष्टि नभएको रोकाले बताउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ११ का विद्यार्थी र चार शिक्षकमा लक्षण देखिएको छ । साना कक्षाका विद्यार्थीमा देखिएको छैन । अर्जुनचौपारीका स्वास्थ्य प्रमुख ईश्वर केसीले मुसामा देखिने किर्नाजस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताउनुभयो । यो रोग ‘माइट’ मा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने बताउँदै केसीले ‘माइट’ प्रायः झाडी, खेतबारी, वनजङ्गल तथा फोहोर हुने ठाउँमा देखिने बताउनुभयो ।स्रोतःगोप
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















