स्याङ्जामा बीमा अभिकर्ता तालिम सम्पन्न
स्याङ्जा,७असोज- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु बीमा सम्बन्धी तीन दिने आधारभूत बीमा अभिकर्ता तालिम स्याङ्जामा सम्पन्न गरेको छ । गत असार २२ गतेदेखि कारोबार संचालन गरेको कम्पनीले असोज ४ गतेदेखि संचालन गरी असोज ६ गते शनिबार पुतलीबजार स्याङ्जामा तालिम सम्पन्न गरेको हो ।
कम्पनीले लघु बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ तालिम संचालन गरेको हो । सो तालिममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश लामिछाने र गार्डियन माइक्रो इन्स्योरेन्सकी स्याङ्जा प्रमुख राम माया अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा प्रशिक्षक क्षेत्रयि प्रबन्धक प्रकाश लामिछानेले लघु बीमाको परिचय, लघु बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलिओ, अभिकर्ताले बीमा क्षेत्रमा खेल्नुपर्ने भुमिका लगायत बीमा सम्बन्धीका विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिम नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तोकेको मापदण्ड अनुसार संचालन गरिएको कम्पनीले जनाएको छ ।




ताजा
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार





















