स्याङ्जाका छ कैदीबन्दीको कैद मिनाहा
अर्जुन काफ्ले
स्याङ्जा,३असोज- संविधान दिवसको सन्दर्भ पारेर जिल्ला कारागार स्याङ्जाका छ कैदीबन्दीले कैद मिनाहा पाएका छन् ।
अदालतबाट तोकिएको कैद सजाय मध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन ठीक भएका छ कैदीबन्दीलाई संविधान दिवसका अवसरमा सरकारले कैद मिनाहा गरेको हो ।
कैद मिनाहा हुनेमा तीन जना बहुविवाह, दुई जना डाँकाचोरी र एक जना सवारी ज्यान मुद्दाका रहेको जेल चूडामणि भण्डारीले बताउनुभयो ।
यहाँबाट १२ जनाको नाम कैद मिनाहाका लागि पठाएकोमा छ जनाको सिफारिस भएको जेलर भण्डारीले बताउनुभयो ।
डाँका चोरी मुद्दाका भीरकोटका मुम्मत बक्स मियाँको एक वर्ष पाँच महिना तीन दिन, फेदिखोलाका दिनेश कार्कीको एक महिना कैद सजाय माफी भएको हो ।
यस्तै, बहुविवाह मुद्दाका फेदिखोलाका ईश्वर कार्की र बिर्तामोड झापाकी कोपिला दर्जी सार्कीको समान चार महिना सात दिन तथा फेदिखोलाका जीवन कुमार कामीको तीन महिना १२ दिन कैद मिनाहा भएको भएको हो ।
यस्तै, सवारी ज्यान मुद्दाका रम्मा गाउँपालिका पाल्पाका नाम परिवर्तित एक जनाको सात महिना २० दिन कैद मिनाहा भएको भण्डारीले बताउनुभयो ।
१५ महिला र ३५ पुरुषको क्षमता रहेको स्याङ्जाको एक मात्र जिल्ला कारागारमा अब विभिन्न मुद्दा सात महिला र १५० परुषसहित १५६ बन्दी कैदी रहेका छन् ।गोप
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















