झाँडीमा भेटिएका शिशुको अभिभावकत्व चिकित्सक दम्पतीलाई
लीला झापाली
बिर्तामोड,२ असोज- भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीलाई दिइएको छ । भद्रपुर नगरपालिकाले विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई अभिभावकत्वको जिम्मा लगाएको हो ।
भद्रपुर नगरपालिकाले अभिभावकत्व लिन चाहनेहरूको निवेदनउपर छलफल गरी विराटनगरका चिकित्सक दम्पतीलाई सो बच्चाको अभिभावकत्व दिने निर्णय गरेको हो । अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन परेको थियो । इलाम २ का मनकुमार तामाङ र नानु तामाङ, भद्रपुर १ का परशुराम लुइँटेल र इश्वरादेवी बिमली, अर्जुनधारा ६ का खगेन्द्रराज खरेल र गीता अधिकारी खरेल तथा भद्रपुर ४ का सन्तोष बस्नेत र मिना दाहाल बस्नेतले अभिभावकत्व लिनका लागि निवेदन दिएका थिए । नगरपालिकाले गत भदौ २४ गते एक सूचना जारी गरी अभिभावकत्व दिने गरी प्रक्रिया सुरु गरेको थियो ।
हकदावीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दाबी गर्न आमाबुवा नआएपछि नगरपालिकाले अरूलाई अभिभावकत्व दिने गरी प्रक्रिया सुरु गरेको थियो । त्यस अन्तर्गत नगरपालिकाबाट बालकको वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आउन सात दिने सूचना जारी भएको थियो । ती बालकको पालनपोषण, स्वास्थ्य उपचार, शिक्षा तथा बालकको उच्चतम हित सुनिश्चित हुने समेतका कार्यहरूमा अहित नहुने गरी वैकल्पिक हेरचाह गर्न चाहने बालकको आमा वा बुबातर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखी सात दिनभित्र निवेदन पेस गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।
गत भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं. ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा बेवारिसे अवस्थामा ती शिशु फेला परेका थिए । ती शिशुलाई अभिभावकत्व लिन डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायी, राजनीतिकर्मी लगायत गरी करिब सय जना इच्छुक देखिएपनि पाँच दम्पतीले मात्र सूचीकृत गराएका थिए।स्रोतःगोप
ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















