वालिङ बहुमुखी क्याम्पसले १५ औं वार्षिक साधारणसभा सम्पन्न


वालिङ,३१भदौ- देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको १५औँ साधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको छ । वालिङ बहुमुखी क्याम्पसको शनिबार साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले शैक्षिक क्षेत्रको विकासका लागि राज्यका तिनै तह योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले देशकै जेठो क्याम्पसको शैक्षिक उन्नयनको लागि यहाँका राजनीतिक दल, सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी संघसंगठनलगायत अभिभावक पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
वालिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु धेरै राजनीतिक, सामाजिक तथा देशका निजामति क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै क्याम्पसको शैक्षिक गुणस्तरलाई निरन्तरता दिन सबै निस्वार्थ भएर लाग्नुपर्ने सांसद अर्यालको भनाइ थियो ।
यसैबीच साधारणसभाको बन्द सत्र स्थगित भएको छ । साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएपनि कोरम नपुगेका कारण बन्द सत्र स्थगित भएको क्याम्पस प्रशासनले जनाएको छ ।
२०३७ सालमा स्थापना भएको क्याम्पसले वार्षिक साधारणसभासँगै शैक्षिक तथा आर्थिक व्यस्थापनका लागि बिभिन्न योजनाहरु प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ । क्याम्पसमा समयानुकुल प्राविधिक कक्षाहरु थप गर्नका लागि क्याम्पस मातहतकै उक शैक्षिक प्रतिष्ठान निर्माण गरी वृहत योजना बनाउने, क्याम्पसको आर्थिक व्यवस्थापनका लागि अक्षय कोष निर्माण योजना अगाडि बढाई १० करोड रुपैयाँको ३ वर्षै लक्ष्य निर्धारण गरी काम गर्ने योजना प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै गुणस्तरीय शिक्षाका लागि क्याम्पसभित्र सबै प्राध्यापकहरुलाई निरन्तर तालीम तथा गोष्ठीमा सहभागी गराई विशेष कार्यक्रम लागु गर्ने योजना क्याम्पसले बनाएको छ । निरन्तर अतिरिक्त आम्दानीको स्रोतका निम्ति जनप्रतिनिधि, स्थानीय निकाय र आवश्यक अन्य पक्षसँग सम्पर्क तथा समन्वय गर्ने आगामी योजनामा पारिएको छ । नयाँ कार्यक्रमकोरुपमा कक्षा ९ देखि १२ सम्मको कक्षा सञ्चालनको लागि अनुमति स्वीकृतिको प्रकृया अगाडि बढाउने तथा आंगिक क्याम्पस बनाउन सम्बन्धित निकायमा पहल गर्नेलगायत भावी योजना प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal