वालिङमा राष्ट्रिय वाणिज्य बैंकको सेवा शुभारम्भ


वालिङ,२४भदौ- वालिङमा राष्ट्रिय वाणिज्य बैंकको सेवा शुभारम्भ गरिएको छ । आइतबार कानून न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय वाणिज्य बैंक वालिङ शाखाको सेवा शुभारम्भ गर्नुभएको हो । बैंकको शाखा कार्यालयको शुभारम्भ कार्यक्रममा बोल्दै कानून मन्त्री गुरुङले सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताउनुभयो । एकलै केही पनि गर्न नसकिने बताउदै सबै दल मिलेर देशलाई समुन्नत बनाउनुपर्ने उहाँको भनाइ थियो ।

देशको आर्थिक अवस्था अहिले अप्ठेरोमा परेको र यसलाई सबै मिलेर समाधान गर्दै अगाडी बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । एकले अर्कोलाई गाली गरेर मुलुक नबन्ने बताउदै स्टन्डबाजी गर्नुभन्दा अहिले मिलेर काम गर्ने बेला भएकोले सबैले आ-आफ्नो काममा विश्वास गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएकोले यसका सेवाहरु पनि जनताले सहज र सरलतलिकाले जनताले उपभोग गर्न सक्ने खालका हुनुपर्ने बताउदै उत्पादन मूलक क्षेत्रमा बैंकहरुले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने समेत मन्त्री गुरुङले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य भोजराज अर्याल, वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्र पाण्डे, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडे, राष्ट्रिय जनर्मोचाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्ष्क्ष चेतनारायण श्रेष्ठ, राष्ट्रिय, वाणिज्य बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रवन्धक प्रमोद अधिकारीको सभापतित्वमा भएको कार्यक्रको सञ्चालन जितेन्द्र्र्र्र्र्र्र सिंह थापाले गर्नुभएको थियो । राष्ट्रिय वाणिज्य बैंकले २८२ औं शाखाको रुपमा वालिङमा आफ्नो शाखा कार्यालयको विस्तार गरेको हो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal