वालिङमा विद्यार्थीको रुचि सर्वेक्षण
गोपाल जिटी
वालिङ,१२ भदौ-वालिङमा विद्यार्थीहरुको रुचि सर्वेक्षण कार्यक्रम २०८० को सुरु गरिएको छ । वालिङ नगरपालिका शिक्षा शाखाबाट विद्यार्थीहरुको रुचि सर्वेक्षण गर्ने जिम्मा पाएको सांस्कृतिक शोध गुठी, पिरामिड कुटी वालिङले मङ्गलबार वालिङ १० स्थित पूणर्ामृत भवानी माध्यमिक विद्यालयमा पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा अधिकृत गीता पाठकले यस्तो कार्यक्रमले विद्यार्थीहरुको रुचि पत्ता लगाउन सहयोगी भूमिका निभाउने बताउनुभयो । शिक्षा शाखा अधिकृत पाठकले बालबालिकाहरुको बिभिन्न रुचि हुन सक्छन्, पढाइसँगै उनीहरुको चाहना अनुसारका क्षेत्रमा पनि प्रोत्साहन दिदै जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुको आन्तरिक तथा बाह्य रुचि सर्वेक्षण गरिएको छ । साहित्य, सङ्गीत, कला र भाषिक विधामा सुनाई, बोलाई, पढाई तथा लेखाई सम्बन्धी विषयमा बालबालिकाहरुलाई समूहगत प्रस्तुतिसहित सहभागी गराइएको थियो । कक्षा ४ र ५ का गरी ४६ जना बालबालिकाहरुमध्य सबैभन्दा बढिले नृत्यमा सहभागिता जनाएका थिए । जसमा नृत्यमा १३, गायनमा ८ र कविता तथा कथा वाचनमा ५ जनाले आ-आफ्ना प्रस्तुति राखेका थिए । रुचि अनुसारका प्रस्तुति दिन पाउँदा बालबालिकाहरु उत्साहकासाथ सहभागिता जनाएका थिए ।
पहिलो चरणमा वालिङ नगरपालिकाभित्रका आधारभूत तहका विद्यार्थीहरुको रुचि सर्वेक्षेण गरिने कुटीका संयोजक डा.अच्युतशरण अर्यालले जानकारी गराउनुभयो । कार्यक्रमका अवसरमा डा. अर्यालले करिव २ सय थान पुस्तक विद्यालयलाई प्रदान गर्नुभयो । बाल साहित्य र किशोर साहित्यसँग सम्बन्धित पुस्तकहरु डा. अर्यालले प्रदान गर्नुभएको हो ।
ताजा
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार





















