‘आइफोन’ उपहारको आश गर्दा…

काठमाडौँ,८ भदौ- ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताउनुभयो ।

“तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, कष्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ”, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताउनुभयो ।

प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ । 

उनीहरुको साथबाट रु ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ । उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 रोजगारीको नाममा ठगी

यसैबीच वैदेशिक रोजगारीको नाममा इटाली पठाइदिने बहानामा पीडितबाट रु चार लाखभन्दा बढी लिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इटाली पठाइदिने र त्यसका लागि रु आठ लाख लाग्छ भने पैसा ठगी गर्ने कालिकोट घर भई काठमाडौँको कीर्तिपुर बस्ने विष्णुरिषी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।रासस

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal