के मुलुक बन्दै बन्दैन ?

हिमलाल पराजुली

केही वर्षदेखि देखिएको युवा शक्तिको मनोभावनालाई नजिकबाट नियाल्दा उनीहरुको मनमा देशमा बसेर केही गर्न सकिन्छ भन्ने भाव नै पाउन मुुस्किल देखिन्छ । जसोतसो माध्यमिक तहसम्मको अध्ययन पूरा गर्ने र देश छाड्ने हुटहुटी हरेक युवामा जुर्मुराएर आएको पाइन्छ । आखिर देश बनाउने कर्णधार युवा शक्तिमा किशोर अवस्थादेखि नै देश छाडेर पलायन हुने हुटहुटी कसरी आयो त ? पहिले यसको कारण पत्ता नलगाइ यसको निराकरणको तहमा पुग्न सकिन्न । तर, अब यसको कारण खोज्ने र समाधान गर्ने कसले ?

देशको अवस्था कस्तो बनाउने भन्नेमा राज्य नै बढी जिम्मेवार र सचेत हुनुपर्छ । देशको बागडोर, शासन सत्ता हातमा लिएर बस्नेहरु नै परजीवी हुँदासम्म मुलुक बन्छ भन्ने सोच्नु मूर्खता सिवाय अरु केही पनि हुँदैन । जब देशको बागडोर समालेकाहरु नै परजीवी हुन पुग्छन् तब जनताले मुलुकमा भविष्य सुरक्षित हुन्छ भनेर कसरी कल्पना गर्न सक्छन् ?

जबसम्म मानिसले आफ्नो सुरक्षाको अनुभूति गर्न सक्दैन तबसम्म ऊ ढुक्क रहन सक्दैन र उसले आफ्नो सुरक्षाको प्रत्याभूति खोजिरहेको हुन्छ । हो, मुलुकमा पनि अहिले ठीक यही भएको छ र युवाहरु जति सक्दो छिटो देश छाडेर विदेशिने हुटहुटीले आफ्नो योजना बुनेर बसिरहेका छन् । यो युवा जमातको हुटहुटी र विदेशिने चाहना तथा बाध्यतालाई रोक्न देशमा गरिखाने वातावरण सिर्जना गर्नुका साथै श्रमको सम्मान गर्ने परिपाटीको विकास गर्नु नै पहिलो र अनिवार्य कार्य हो ।

शिक्षामा देशप्रति भक्तिभाव जगाइ श्रमको सम्मान गर्ने नागरिक तयार पार्ने उद्देश्यमात्रै राखेर केही हुँदैन । त्यसलाई व्यवहारमा उतार्दै कार्यान्वयनको तहमा लान पनि उत्तिकै महत्वपूर्ण छ । अहिले आधुनिक संसारमा आएका सबै वस्तुहरु उपभोगको मात्रै नीति लिँदै अगाडि बढ्दा त्यसले भित्रभित्रै थप जटिल स्थिति सिर्जना गर्दै लगेको छ । ती वस्तुको उपभोगको क्षमताबारेमा पनि चासो दिनु जरुरी छ ।

मुखले देशको विकास गर्छौं, देश बनाउँछौं भनेर अब कसैले पत्याउनेवाला छैन । कुनै पनि मुलुक विकास हुन आत्मनिर्भर हुनु पहिलो आवश्यकता हो । जबसम्म आत्मनिर्भर छैन, तबसम्म शासकहरुले यो गर्छु र त्यो गर्छु भन्नुको औचित्य छैन ।

यी सबै कुराहरुको बेलैमा मूल्याङ्कन गर्दै देशको क्षमता र अवस्थाको आधारमा कुनै पनि वस्तुको प्रयोग र उपयोगिताको नीति अवलम्बन गर्नु राज्यको महत्वपूर्ण दायित्व हो । मुखले देशको विकास गर्छौं, देश बनाउँछौं भनेर अब कसैले पत्याउनेवाला छैन । कुनै पनि मुलुक विकास हुन आत्मनिर्भर हुनु पहिलो आवश्यकता हो । जबसम्म आत्मनिर्भर छैन, तबसम्म शासकहरुले यो गर्छु र त्यो गर्छु भन्नुको औचित्य छैन । मुलुक यो अवस्थामा आउन अहिलेका शासकमात्रै नभएर दुईतीन दशकका शासकहरुको महत्वपूर्ण भूमिका छ । शासकहरुले देशलाई आत्मनिर्भरको बाटो अगाडि बढाउनभन्दा अरुलाई नै खुशी पार्ने अभियानमा लागेपछि अन्ततः हुने यही नै हो ।

सरकारहरु देशमा भएका कलकारखानाहरु बन्द गर्दै जाने र बचेखुचेका पनि अर्कैको जिम्मा लगाउँदै गएर आफ्नो दायित्वबाट पन्छिन मिल्छ ? आफूसँग भएको उत्पादनको क्षमता शून्य बनाउँदै लैजाने अनि कसरी हुन्छ देशको विकास ? अनि कहाँबाट गुन्जिन्छ स्वाभीमानको स्वर ?

भारतले चामल निर्यात रोक्ने भएपछि सरकारले पत्र नै लेखेर चामल निर्यातमा लगाइएको रोक खोल्न आग्रह गर्नुपर्ने अवस्था आयो । योभन्दा लाजमर्दो कुरा अरु कुनै हुनसक्छ, एउटा कृषिप्रधान देशको लागि ? नेपाल ‘कृषि प्रधान’ देश भन्ने तर सरकारले व्यवहारमा केही नगर्ने, यस्तो पनि कतै हुन्छ ? कृषिप्रधान देशको भूमिका कृषिका क्षेत्रमा कस्तो हुनुपर्ने भन्ने विषयमा कहींकतै छलफल, योजना र नीति कार्यान्वयन भएको पाइँदैन । जबसम्म कृषि पेशाको सम्मान र युवा जनशक्तिलाई यसमा आकर्षण गर्न सकिँदैन, तबसम्म देशमा बेरोजगारीको अन्त्य र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकिँदैन ।

मुलुकको बागडोर समाल्नेहरु युवा निर्यात गरेर रेमिटेन्सको भरमा र मागेर देश चलाउँछु भन्ने भ्रमबाट मुक्त नभएसम्म मुलुक कुराले मात्रै बन्नेवाला छैन । त्यसैले शासकले आफ्नो धरातल र विगतलाई स्मरण गर्दै वैदेशिक रोजगारीको बहानामा युवा जनशक्तिलाई निर्यातमा रोक लगाउनेतर्फ अघि बढ्न ढिलो भइसक्यो । स्वदेशमै माटो र भूगोल सुहाउँदो कार्य गर्न सम्पूर्ण देशवासीलाई उत्साहित गर्न सके देश अवश्य बन्छ ।

(पराजुली प्रेस चौतारीका केन्द्रीय सदस्य हुन् ।)

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal