कथाः उत्कृष्ट मन्त्री



एक दिन एउटा राजाले तीन जना मन्त्रीहरुलाई परीक्षा लिन बोलाएछ्न । उनले तिनै जनालाई एक /एक ओटा बोरा दिदै भनेछन् “तिमीहरु यो बोरामा कस्तो/ कति फलफूल टिपेर ल्याउछौ त्यसै अनुरुप तिमीहरुको मूल्याङ्कन हुनेछ । भरे साँझसम्म ल्याइपुर्याउनु” भन्ने राजाको आदेश पछि तिनै जना मन्त्रीहरु दरबार नजिकै रहेको बगैंचामा गए ।
पहिलो मन्त्रीले सोचेछन राजाले बोराको सबै फलफूल हेर्न के भ्याउनुहुन्थ्यो र ? मनमनै सोच्यो । उसले सडेगलेका सबै फलफूल हालेर बोरा भरेछ । दोस्रोले सोचेछ राम्रा राम्रा फलफूल लानुपर्ला पाहुनालाई दिने हुन कि, दरबारमा पाहुनाहरु आइरहन्छन् । उसले बगैँचामा राम्रा राम्रा छान्दा-छान्दा आधा मात्रै बोरा भरिएछ । तेस्रोले सोचेछन, तीन तीन जनाको फलफूलका यी बोरा राजाले के हेर्नुहोला र ? आ ! तल घाँस झ्यासझुस हालेर भर्छु माथि माथि ५/६ ओटा फलफूल राखेर बोरा भरे भैहाल्छ भन्ने सोचेर त्यसै गरि ल्याएछ । साँझ सबै जना दरबारमा आइपुगे ।
राजाले साच्चिकै त्यो बोरा हेरेनन बरु तिनै जनालाई छुट्टाछुट्टै जेलमा राख्न निर्देशन दिदै भनेछन् । ल अब तिमीहरुलाई यो बोरा सहित १५ दिन जेलमा बस्नुपर्छ १६ औं दिनमा जो सकुशल रहन्छ उसलाई नै उत्कृष्ट मन्त्री घोषणा गरि राज्यबाट सरकारी पुरस्कार दिइनेछ ।

राजाको निर्देशन पछि तिनै जना मन्त्री जेलमा गए । उनीहरु बस्ने जेलमा एउटा माटाको घैटोमा आधा मात्रै पानी बाहेक अरु केहि थिएन । उनीहरुलाई खानेकुरा पनि दिइएन । पहिलो मन्त्री जसका बोरामा सडेगलेका फलफूल मात्रै थिए उस्ले त्यहीँ खायो, बिरामी पर्यो र त्यहीँ मर्यो । दोस्रोले आफुले ल्याएको बोराको राम्रा राम्रा फलफूल १५ दिनलाई पुर्याएर खायो । तेस्रो मन्त्रीको बोरामा तल तल घाँस झ्यास थियो । माथि माथि भएको ५/६ ओटा फलफूलले १५ दिनलाई के पुग्थ्यो र जति दिनलाई पुग्यो त्यती दिन खायो अनि भोकभोकै बस्यो अनि उ बिरामी पर्यो र निस्कियो । दोस्रो मन्त्री उसले बोरामा जतिपनि राम्रा राम्रा फलफूल लिएर आको थियो । त्यो मन्त्रीले आफुले ल्याएको फलफूल जेलमा बस्दा सम्म पुर्याइ पुर्याइ खायो र उ नै १६ औं दिनमा जेलबाट निस्कदा उत्कृष्ट मन्त्रीको दर्जा सहित पुरस्कार पायो ।
यो कथामा बोरा भनेको हाम्रो जीवन हो, जेल भनेको काम गर्न नसकिने बुढौली अवस्था हो । जीवनमा कस्तो कार्य गरिन्छ त्यसै अनुसारको फल पाइन्छ ।
संसारमा तीन प्रकारका मानिसहरु हुन्छन् । पहिलो, उमेर हुँदा पैसा पैसा पैसा भन्दै कमाउन पट्टी मात्रै जोड गर्छन, आफ्नो र आफन्तलाई समय दिदैन,त्यस्तो मानिस संग धन त हुन्छ तर जब आफ्नो उमेर ढल्किन्छ त्यतिबेला आफ्नो कोहि हुदैन किन कि उस्ले जसरी परिवार इस्टमित्र साथीभाइ नाता सम्बन्धलाई तिरस्कार गरि बटारिएर धनको पछि कुदेको थियोे । त्यै ब्यवहारले सबै टाढिसकेका हुन्छ केहिले बानी बनाएर त केहिले अपमान गरेको अनुभुती गरि बाध्यता बनाएर ।
दोस्रो, उमेर हुदा कमाउछ रमाउछ हाँहा हुइ हुइ चरा झै उडेर हिड्छन, कमाएको उडाँउछन जे पायो त्यै पिएर मस्तिमा सकाउछन जब जीवनको बुढौली बेला आउँछ नानाथरी रोगले च्याप्छ, प्रेसर सुगर त उपहारस्वरूप पाउँछन पाउँछन जिन्दगीले रमाउदा कमाएका साथीहरू सबै टाढिसकेको हुन्छन, आफन्तहरु त्यही हो नसक्दा वचन लाउन थाल्छ्न आफुसङ केही बाकी हुदैन ।
तेस्रो खालको हुन्छ उमेर छउन्जेल हल्लिएर हिड्ने, मागेरै टार्ने, अरुकै भर पर्ने, कुरा काट्ने, चाकरी गर्ने, नकारात्मक टिप्पणी गर्ने आफू पनि नगर्ने अरुलाई पनि गर्न खोज्दा खुट्टा तान्ने, आफन्त र साथीभाइ समेतलाई तितो वचन गरेर अघाउने बनाउने अनि बुढेसकालमा उसङ केही /कोहि बाकी हुदैन, जिन्दगी यति बोझ लाग्दो हुन्छ कि छोराछोरी भन्नेहरुपनि उसैको पारा नक्कल गरिसकेका हुन्छन् । जीवन धिक्कार्न बाहेक अरु बाकि केही हुदैन ।
हामीले जीवनमा आफ्नो कर्तब्य,स् वास्थ्य, जिम्मेवारी र आफन्त /परिवार /साथिभाई सबैलाई संतुलन गरि जीवनको उत्तार्धमा कस्तो जीवन बिताउने भनेर काम गर्न सक्ने उमेरमै तय गर्नुपर्छ ।
लेखकः कमला राना-गोरखा नगरपालिका १०,बिरिन्चोक निवासी हुनुहुन्छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal