पोखराको फोहर व्यवस्थापन गर्न सहमति
कास्की,२६ साउन- पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो ।
महानगरले फोहर बिसर्जनस्थलमा फोहर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौताबमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयवासीले फोहर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहर उठ्न सकेको थिएन । स्थानीयवासीसँग वार्ता गरी समस्या समाधान गर्न महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा र वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिनुभएको थियो । वडाध्यक्षद्वयको पहलमा स्थानीय, सङ्घर्ष समिति र महानगरबीच लामेआहालमै १८ महिना फोहर विसर्जन गर्ने सहमति भएको महानगरले जनाएको छ ।
सहमतिअनुसार फोहर बोकेका गाडी बिर्सजनस्थलमा बिहान ६ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने तत्कालै माटोले फोहर पुर्ने कार्य आवश्यकतानुसार गर्नु पर्नेछ । बिर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमतिअनुसार लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ ।
फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ । स्थानीयलाई सीपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने र विभिन्न विद्यालयलाई सहयोग उपलब्ध गराउनेलगायतका विषय सहमतिमा उल्लेख रहेको महानगर प्रमुख आचार्यले जानकारी दिनुभयो ।
स्थानीयले फोहर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा रिट दर्ता गरेकामा साउन २१ गते अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । त्यससँगै महानगरपालिकालाई लामेआहालमा फोहर व्यवस्थापन गर्ने कानुनी बाटोसमेत खुला भएको थियो । त्यसपछि महानगरले १२ दिनपछि फोहर विसर्जन गरेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौँदेखिको फोहर बिसर्जनस्थलमा फोहरमैला लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायीरूपमा छ महिनाका लागि भनेर लामेआहालमा विसर्जन गर्दै आएको छ । महानगरले पोखरा–३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने तयारी छ । रासस
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















