अराजकताको अन्त्य गर्ने सामर्थ्य एमाले संग मात्रै छ, सचिव विष्ट
पोखरा,२४ साउन- नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकणर् विष्टले देशमा बढदै गएको अराजकताको अन्त्य गर्ने सामर्थ्य एमाले संग मात्रै रहेको बताउनुभएको छ ।
बुधबार पोखरामा नेकपा एमाले गण्डकी प्रदेश कमिटी दवारा आयोजित पत्रकार भेटघाट कार्यक्रमा बोल्दै एमाले सचिव विष्टले देशको विकास र समृद्धिको स्पस्ट खाका एमाले संग मात्रै भएको बताउदै राष्ट्रिय स्वाभिमानको रक्षा गर्नको लागि एमालेको विकल्प नभएकोले पार्टीलाई थप ब्यवस्थि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । एमालेको ब्राण्डिङलाई कसैले चाहेर पनि खोस्न नसक्ने सचिव विष्टको भनाइ थयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बवादी तर्फ जानबाट रोकनको लागि अझै प्रभाबकारी भूमिका खेल्न सक्नेबनाउन एकल बहुमत सहितको पार्र्टीको रूपमा स्थापित गर्न अब पार्टी पंतिका साथै सबै शुभचिन्तकहरु एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको थियो ।
पत्रकार घेटघाट कार्यक्रम मार्फत गण्डकी प्रदेश कमिटीले आफ्ना विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक गरिएको कार्यक्रममा पार्टीको अधिवेशनदेखि भवन निर्माण गर्ने कुरा उल्लेख गरिएको छ ।
एमालेको साउन २२ गते सम्पन्न चौधौं पूणर् बैठक तथा प्रचार सहित विभिन्न विभागद्वारा निर्माण गरिएका कार्ययोजना समेत पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कार्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्ने,गण्डकी प्रदेश कार्यालय संचालनका लागि भवन निर्माण गर्ने ,पार्र्टी सदस्यताको प्रमाणीकरण साउन महिना भित्र गर्ने ,जिल्ला र पालिकाका योजना निर्माण गर्ने, वडा कमिटी निर्माण र बैठक भदौ महिना भित्र गर्ने,सबै जिल्लामा विभागलाई पूणर्ता दिनुका साथै वार्षिक कार्ययोजना निर्माण गर्ने रहेकाछन।
प्रदेशभरिको पार्टीको प्रचार कार्यलाई ब्यवस्थित बनाउन जिल्लामा प्रचार भेला र क्षमता बृद्धिको लागि अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने, प्रेदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिवेशन गर्न बाकी सबै जन संगठनहरूका अधिवेशन सम्पन्न गरिे वार्षिक कार्यतालिका निर्माण गर्ने,सामुदायीक सरोकारजन्य विषयको नेतृत्व गर्ने,प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तह सम्म बिस्तार गर्ने योजना रहेको गण्डकी प्रदेश सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















