स्याङ्जामा एक आर्थिक वर्षमा ४२.५६ किमी सडक कालोपत्रे

अर्जुन काफ्ले

स्याङ्जा,१७ साउन- पूर्वाधार विकास कार्याल स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्याल स्याङ्जाले आर्थिक बर्ष २०७९–८० मा २२ किमी कालोपत्रे र २०.६५ किमी ढलान गरेको हो । 

यहाँको अर्जुनचौपारी सडक (आउँपालिका सदरमुकाम जोड्ने) सडक छ किमी, मिर्दी ,क्याक्मी, भिमाद सडक, स्याङजा खण्ड १० किमी, नागडाँडा कार्कीनेटा स्तरोन्नति दोस्रो खण्ड ६ किमी पूर्वाधार कार्यालयले डीबीएसटी कालोपत्रे गरेको हो । 

पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले सडक कालोपत्रे २७ करोड ६ लाख रुपियाँमा गरेको बताउनुभयो । यस्तै, ढलानतर्फ दामाचौर हिलामराङ भिमाद सडक ३ किमी, शुक्लागण्डकी दुलेगौंडा चिसापनी (गाउँपालिका केन्द्र जोड्ने) २.७ किमी, बायटारी उदियाँचौर सेतिबेनी सडक १ किमीसहितका १३४ सडक ढलान गरेको अर्यालले बताउनुभयो । 

यहाँका अन्य सडकहरु ३० मिटरदेखि आधा किलोमिटरसम्म ढलान भएका पुर्वाधार कार्यालयले जनाएको छ । यहाँ ढलानतर्फ ८२ करोड ९७ लाख रुपियाँ खर्च भएको बताउँदै अर्यालले स्थानीय स्रोत र देशमै उत्पादन भएको रड र सिमेन्टको प्रयोग गरेर ढलानमा ध्यान दिएको बताउनुभयो । 

इन्जिनियर दीपेश लिगलले स्याङ्जामा अघिल्लो आवमा ३३ किमी ढलान भएको बताउँदै आगामी आर्थिक वर्षमा अहिलेभन्दा धेरै सडक कालोपत्रे र ढलान हुने बताउनुभयो । 

आगामी आर्थिक वर्षका लागि १६ वटा सडक बहुवर्षीय रहेको र प्रदेश तथा सङ्घको बजेट धेरै रहेकाले कालोपत्रे र ढलानसमेत धेरै हुने लिगलले बताउनुभयो । यहाँ पूर्वाधारले ५३ वटा सडकको कटान, मेसिनेरीवाल, नाला बनाएको छ भने एक सडक पुल, तीन झोलुङ्गे पुल, तीन कल्भर्ट, पाँच वटा कजवे र दुई वटा भवन  बनाएको हो । 

पूर्वाधारमा आएको एक अर्ब ५१ करोड आठ लाख ६६ हजार रुपियाँमा एक अर्ब एक करोड ८६ लखा १३ हजार रुपियाँ बराबरको प्रगति गरेको छ ।स्रोतः गोप 

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal