धोकेबाज हौ तिमी
जय भट्टराई
प्वालै नपारी रगत चुस्ने तिमी !
ढोकै नखोली भित्र घुस्ने तिमी !
अर्काको दुखको खेती मास्ने तिमी !
लासमाथी ओछ्यान राखी हास्ने तिमी !
आमाको पेटमै कुखुरी कां बास्ने तिमी !
जतापनि मितेरी साइनो गास्ने तिमी !
नकिनी कपडा लाउन पायसी !
पैसै नतिरी खान पायसी !
आकाशबाटै खसेको ठान्ने तिमी !
ढोगेजस्तै गरि खुट्टा तान्ने तिमी !
बगलिमा छुरा हान्ने तिमी !
बिदेशिको इशारा मान्ने तिमी !
धोतिपाटा मागेरै लाउने तिमी !
देखावटी मन्दिर धाउने तिमी !
पुजारिलाइ नै गोलि ठोकेर !
सबै फल आंफैले पाउने तिमी !
सिनोले पेट भर्न सक्ने तिमी !
भावनामा जे पनि बक्ने तिमी!
एकातिर सुहागरात, अन्तैको सिंदुर तिमी!!
धोकेबाज हौ तिमी!! धोकेबाज हौ तिमी!!
जय भट्टराई गल्याङ नगरपालिका ५ स्याङ्जा
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















