स्याङ्जामा एक आर्थिक वर्षमा ४२.५६ किमी सडक कालोपत्रे

अर्जुन काफ्ले
स्याङ्जा,१७ साउन- पूर्वाधार विकास कार्याल स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्याल स्याङ्जाले आर्थिक बर्ष २०७९–८० मा २२ किमी कालोपत्रे र २०.६५ किमी ढलान गरेको हो ।
यहाँको अर्जुनचौपारी सडक (आउँपालिका सदरमुकाम जोड्ने) सडक छ किमी, मिर्दी ,क्याक्मी, भिमाद सडक, स्याङजा खण्ड १० किमी, नागडाँडा कार्कीनेटा स्तरोन्नति दोस्रो खण्ड ६ किमी पूर्वाधार कार्यालयले डीबीएसटी कालोपत्रे गरेको हो ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले सडक कालोपत्रे २७ करोड ६ लाख रुपियाँमा गरेको बताउनुभयो । यस्तै, ढलानतर्फ दामाचौर हिलामराङ भिमाद सडक ३ किमी, शुक्लागण्डकी दुलेगौंडा चिसापनी (गाउँपालिका केन्द्र जोड्ने) २.७ किमी, बायटारी उदियाँचौर सेतिबेनी सडक १ किमीसहितका १३४ सडक ढलान गरेको अर्यालले बताउनुभयो ।
यहाँका अन्य सडकहरु ३० मिटरदेखि आधा किलोमिटरसम्म ढलान भएका पुर्वाधार कार्यालयले जनाएको छ । यहाँ ढलानतर्फ ८२ करोड ९७ लाख रुपियाँ खर्च भएको बताउँदै अर्यालले स्थानीय स्रोत र देशमै उत्पादन भएको रड र सिमेन्टको प्रयोग गरेर ढलानमा ध्यान दिएको बताउनुभयो ।
इन्जिनियर दीपेश लिगलले स्याङ्जामा अघिल्लो आवमा ३३ किमी ढलान भएको बताउँदै आगामी आर्थिक वर्षमा अहिलेभन्दा धेरै सडक कालोपत्रे र ढलान हुने बताउनुभयो ।
आगामी आर्थिक वर्षका लागि १६ वटा सडक बहुवर्षीय रहेको र प्रदेश तथा सङ्घको बजेट धेरै रहेकाले कालोपत्रे र ढलानसमेत धेरै हुने लिगलले बताउनुभयो । यहाँ पूर्वाधारले ५३ वटा सडकको कटान, मेसिनेरीवाल, नाला बनाएको छ भने एक सडक पुल, तीन झोलुङ्गे पुल, तीन कल्भर्ट, पाँच वटा कजवे र दुई वटा भवन बनाएको हो ।
पूर्वाधारमा आएको एक अर्ब ५१ करोड आठ लाख ६६ हजार रुपियाँमा एक अर्ब एक करोड ८६ लखा १३ हजार रुपियाँ बराबरको प्रगति गरेको छ ।स्रोतः गोप
ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार