साढे एघार अर्बको गलैँचा निर्यात

लक्ष्मी सापकोटा

काठमाडौँ,१५ साउन-   गत आर्थिक वर्षमा नेपालबाट साढे ११ अर्ब रुपियाँ बराबरको गलैँचाका सामान निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपियाँ बराबरको ४९ लाख दुई हजार ३३५ स्क्वायर मिटर गलैँचा निर्यात भएको हो । अघिल्लो आव २०७८/७९ मा नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपियाँको गलैँचा निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा दुई अर्ब रुपियाँ बराबरको गलैँचा निर्यात बढेको तथ्याङ्कले देखाएको छ । आव २०७७/७८ मा कोभिडका कारण गलैँचा निर्यातमा कमी आई तीन अर्ब ९४ करोड १२ लाख ७९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार २९० स्क्वायर मिटर निर्यात भएको तथ्याङ्क छ । अन्य वर्षमा भने निर्यातमा वृद्धि हुँदै आएको छ । कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन गरिएको गलैँचा विभिन्न देशमा निर्यात हुने गरेको छ । 

नेपाल गलैँचा उत्पादन तथा निर्यात सङ्घका अध्यक्ष तेन्जिङ शेर्पाले प्रत्येक वर्ष २५ प्रतिशतका दरले गलैँचाको निर्यात बढ्दै गएको जानकारी दिनुभयो । “नेपाली गलैँचाको गुणस्तर राम्रो भएकाले अन्तर्राष्ट्रिय बजारमा माग उच्च छ,” उहाँले भन्नुभयो, “गलैँचाको निर्यात बढेकाले व्यापार घाटा कम गर्नुका साथै विदेशी मुद्रा नेपालमा भित्रिने क्रम बढ्दो छ ।” भारत, पाकिस्तानको गलैँचाभन्दा नेपाली गलैँचाको लागत २५ देखि ३० प्रतिशत महँगो भए पनि उच्च गुणस्तरको उत्पादन भएकाले अन्तर्राष्ट्रिय बजारमा बर्सेनि माग बढ्दै गएको उहाँको भनाइ छ । 

सरकारले चालु आवको बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) को सुविधा हटाएका कारण आगामी दिनमा गलैँचा निर्यात घट्ने सम्भावना देखिएको उहाँको भनाइ छ । कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गरी ७० प्रतिशत नेपालमा मूल्य अभिवृद्धि (भ्यालु एड) भएर सामान निर्यात हुने गरेको उहाँको भनाइ छ । अहिले उद्योगमा लागत अत्यधिक हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएकाले सरकारले कच्चा पदार्थ आयातमा समेत भन्सार शुल्क घटाइदिए निर्यात बढाउन सकिने शेर्पाको भनाइ छ । निर्यात बढाउन सरकारले उद्योगीलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । 

सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिवर्गमिटर गलैँचा १६० देखि १७० अमेरिकी डलरमा बिक्री हुने गर्छ । नेपाली गलैँचामा १० प्रतिशत अल्लाको धागो प्रयोग गरेर बनाउने गरिएको छ । युरोप, जर्मनी, फ्रान्स, हलेन्ड, क्यानडा, अमेरिका, अस्ट्रेलियालगायतका मुलुकमा गलैँचा निर्यात भएको छ । 

गलैँचा निर्यातमा चार प्रतिशतसम्म निर्यात अनुदान पाउने गरेको व्यवसायीको भनाइ छ । सरकारले विभिन्न देशमा हुने व्यापार मेलामा भाग लिने वातावरण सिर्जना गर्ने र त्यसका लागि लगानीको व्यवस्था गरे थप निर्यात गर्न सकिने गलैँचा उद्योगीको भनाइ छ । नयाँ नयाँ डिजाइनका गलैँचा बनाउन दक्ष जनशक्ति आवश्यक पर्ने हुँदा यसका लागि सरकारले तालिमको समेत व्यवस्था गरिनुपर्ने उद्योगीको भनाइ छ । मुलुकभरका दुई सय गलैँचा उद्योगमा दुई लाखभन्दा बढीले रोजगारी पाएका छन् ।  

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal