विदेशमा रहेका नेपालीले गरे बालगृहलाई आर्थिक सहयोग

वालिङ,८ साउन- फेदीखोलामा सञ्चालित अमोरसेवा नेपाल (बालगृह) लाई विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेकाछन् । फेदीखोला गाउँपालिका १ कटुजे स्वाँरामा रहेको बालगृहलाई जापान र कतारमा रहेका नेपालीहरुले रु १ लाख ७५ हजार नगद सहयोग गरेकाहुन । उनिहरुले बालगृहमै पुगेर एक कार्यक्रमकाबीच सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसै गरी स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार सुक बहादुर केसीले रू १ लाख सहयोग स्वरुप बालगृहलाई प्रदान गर्नुभएको छ । जापानमा सफल ब्यवसायीको पहिचान बनाउनु भएका केसीले बालगृहकी अध्यक्ष कमला पराजुलीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै केसीले अनाथ बालबालिकालाई आमाको न्यानो मायाकासाथ लालनपालन सहित शिक्षादिक्षाको जिम्मेवारी लिएको बालगृहले गरेको महान कार्यबाट आँफूलाई गर्व लागेको बताउनुभयो । मानव सेवा ठूलो धर्म हो, यस्तो पूण्य कार्यका लागि आज यो एउटा सानो सहयोग गरेको छु, भोलिका दिनमा पनि आफ्नो साथ र सहयोग रहने केसीको भनइ थियो ।
नेपाली महिला समाज कतारका तर्फबाट पनि बालगृहलाई रू ७५ हजार सहयोग गरिएको छ । महिला समाजकी सचिव सरिता भण्डारीको नेतृत्वमा आएको टोलीले सहयोग रकम बालगृहकी अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेको हो । यो बालगृहमा नर्सरीदेखि स्नातकतहमा अध्ययन गर्ने बालबालिकाछन् । अध्यक्ष पराजुलीका अनुसार बालगृह सञ्चालनमा कुनै एनजियो, आइएनजियोको सहयोग लिइएको छैन । एनजियो, आइएनजियोले सर्तमा सहयोग गर्ने बुझेपछि उचित नठानेको अध्यक्ष पराजुलीको भनाई छ ।
विभिन्न व्यक्ति, संघ संस्थाहरुको सहयोगमा अमोरसेवा चलिरहेको अध्यक्ष पराजुलीले बताउनुभयो । मानव सेवा ठूलो धर्म हो । सडक बालबालिकाहरुले पनि बाँच्न पाउनुपर्छ र विभिन्न अवसरहरु प्राप्त गर्नुपर्छ भन्ने लागेर बालगृह सञ्चालन गरेको अध्यक्ष पराजुलीको भनाइ छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal