हर्षितको आह्वान
लक्ष्मी रेग्मी
प्यारी आमा नरुनु के बिन्ती छ है ! अब ।
फिरफिरेले उड़ाई लग्यो जीवन मेरो सब ॥
तिम्ले, सिन्दुर पोते चुरा लाको२६वर्षमा ।
नौ नौ महिना कोखमा बसी जन्मे हर्षमा ॥
हर्षसाथ जन्मेको , नाम हर्षित भन्थे साथी
दैवले नि ! कस्तो बज्रपात पार्यो मै माथि ॥
घरमा एक्लै छाडिनौ जाँदा मेलापात वनमा ।
कति चोट पार्यो आमा त्यो कलिलो मनमा ॥
च्याप्प समाई घोक्राएर लग्यो कोप्चेरामा ।
कति रोए चिचाए म पर्दा अप्ठ्यारोमा ॥
मेरा सपना तिम्रा रहर डुबे रगत भलमा ।
मर्न पाइन एकै चोटि रेट्यो पल पलमा ॥
खोज्दा खेरी भाग्न मैले बग्यो रगत खोला ।
मेरो चिनो किताब कापी त्यही स्कुलको झोला ॥
सकिन तिर्न दुधको भारा मेरै भाग्य खोटो ।
नरोऊ घुक्क घुक्क आमा हेर्दै मेरो फाेटो ॥
न्याय माग्दा माग्नु आमा खुनको बदला खून ।
चिरा चिरा पारी त्यसलाई लाउनु चुक नुन ॥
कुनै दोष कुनै गल्ती गरे छैनौँ है ! हाम्ले ।
न्याय माग्न हरेक पल साथ दिनु गाम्ले ॥
मैले सुसु गरेको त्यो कांँ ध सुकेकै थिएन ।
बाबा तिम्रो साहारा बन्न पापीले दिएन ॥
अर्को जन्म पाएँ भने त्यही कोखमा आउँला ।
हजुरहरूकै त्यो काखमा फेरि फेरि रमाउँला ॥
बिन्ती ! सरकार मेरो चीत्कार सुन्छस् भने एउटा ।
हत्यारालाई बली चढाई , खुसी पार्दे देउता ॥
लक्ष्मी रेग्मी- हाल : कीर्तिपुर , काठमाडौँ
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















