हर्षितको आह्वान
लक्ष्मी रेग्मी
प्यारी आमा नरुनु के बिन्ती छ है ! अब ।
फिरफिरेले उड़ाई लग्यो जीवन मेरो सब ॥
तिम्ले, सिन्दुर पोते चुरा लाको२६वर्षमा ।
नौ नौ महिना कोखमा बसी जन्मे हर्षमा ॥
हर्षसाथ जन्मेको , नाम हर्षित भन्थे साथी
दैवले नि ! कस्तो बज्रपात पार्यो मै माथि ॥
घरमा एक्लै छाडिनौ जाँदा मेलापात वनमा ।
कति चोट पार्यो आमा त्यो कलिलो मनमा ॥
च्याप्प समाई घोक्राएर लग्यो कोप्चेरामा ।
कति रोए चिचाए म पर्दा अप्ठ्यारोमा ॥
मेरा सपना तिम्रा रहर डुबे रगत भलमा ।
मर्न पाइन एकै चोटि रेट्यो पल पलमा ॥
खोज्दा खेरी भाग्न मैले बग्यो रगत खोला ।
मेरो चिनो किताब कापी त्यही स्कुलको झोला ॥
सकिन तिर्न दुधको भारा मेरै भाग्य खोटो ।
नरोऊ घुक्क घुक्क आमा हेर्दै मेरो फाेटो ॥
न्याय माग्दा माग्नु आमा खुनको बदला खून ।
चिरा चिरा पारी त्यसलाई लाउनु चुक नुन ॥
कुनै दोष कुनै गल्ती गरे छैनौँ है ! हाम्ले ।
न्याय माग्न हरेक पल साथ दिनु गाम्ले ॥
मैले सुसु गरेको त्यो कांँ ध सुकेकै थिएन ।
बाबा तिम्रो साहारा बन्न पापीले दिएन ॥
अर्को जन्म पाएँ भने त्यही कोखमा आउँला ।
हजुरहरूकै त्यो काखमा फेरि फेरि रमाउँला ॥
बिन्ती ! सरकार मेरो चीत्कार सुन्छस् भने एउटा ।
हत्यारालाई बली चढाई , खुसी पार्दे देउता ॥
लक्ष्मी रेग्मी- हाल : कीर्तिपुर , काठमाडौँ
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















