पिसजोनद्वारा एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रम
वालिङ,२२असार- वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले एसईईमा उत्र्तीण विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यार्थीहरुलाई बधाई दिदै सम्मान गरेको हो ।

पिसजोनका संगित भुसालले बिहीबार सार्वजनीक भएको नतिजामा ४.० जीपीए ल्याएर उत्तीणर् हुन सफल भएकाछन् ।
एसईईको परीक्षामा सहभागि ४० जना विद्यार्थीहरु नै उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुन सफल भएका थिए ।

सम्मान तथा बधाई कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत) ले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यार्थीका साथै विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो । शैक्षिक क्षेत्रमा पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउदै आगामी दिनमा पनि थप प्रगतिको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य सच्चिदानन्द यादव, बोल्दै वालिङ नगरपालिका वडा नम्बर ९ का वडा सदस्य रमता पराजुली, वडा न ९ का वडा सदस्य गंगा देवी पंगेनी, शिक्षक अभिभावक संघका अध्यक्ष टुकप्रसाद डुम्रे, अभिभावक शोभाखर भुसाल, सूर्यप्रसाद डुम्रे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुर्ला अविर र खादाले सम्मान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रेले विद्यार्थीहरुको नतिजा सार्वजनीक गर्दै विद्यालयको यो प्रगतिमा सबैको सहयोग महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा पनि राम्रो नतिजा ल्याउनका लागि मिहिनेत गर्ने बताउनुभयो । अभिभावक, विद्यार्थी, शिक्षकहरु लगायत सबैको कडा परिश्रमले विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।
विद्यालयका भाइस प्रिन्सिपल परन गैह्रेको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष सुदन श्रेष्ठको सभापतित्व र शिक्षक श्यामप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो ।


ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















