असार पन्ध्र नजिकिदै आउँदा स्याङ्जामा १० प्रतिशत रोपाईं


फाइल तस्विरः

कला राना

वालिङ,१३असार- असार पन्ध्र नजिकिदै आउँदा स्याङ्जामा १० प्रतिशत मात्र रोपाईं सम्पन्न भएको छ ।
यसपटक पर्याप्त मात्रामा वर्षा नहुँदा असार दोस्रो साता आईपुग्दा पनि जिल्लामा १० प्रतिशत मात्र रोपाईँ गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । सामान्य तय रोपाइँ असार पन्ध्र पछि नै गर्दा राम्रो भए पनि कृषकहरुले बाँझो जग्गा तथा मकै भएका खेतहरुमा जेठ अन्तिम साताबाटै छिटै रोपाइँ गर्ने गरेकाछन् । गत वर्ष यहि अवधिमा २० प्रतिशत रोपाइँ सकिएको थियो ।
तुलनात्मक रुपमा यो वर्ष समयमै पानी नपर्दा रोपाँई ढिला सुरु भएको हो । अझै पनि मुल फुट्ने गरी पानी नपर्दा यो वर्ष साउन अन्त्मि हप्तासम्मै रोपाईँ हुने अनुमान गरिएको छ । फेदीखोला, आँधीखोला, पुतलीबजारलगायतका पालिकाहरुमा १५ देखि २० प्रतिशत रोपाइँ गरिएको छ भने तल्लो बेल्ट चापाकोट, कालीगण्डकीमा भने २ प्रतिशत रोपाइँ गरिएको छ । वालिङ भीरकोटमा ५ प्रतिशत रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।
विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिएपनि स्याङ्जाका कृषकहरुले उन्ननत जातको धान नै लगाउने गरेकाछन् । हाईब्रिटमा छिटै रोगकिराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित भएकाछन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
उन्नत जातको धानका लागि जिल्लामा १५ वटा बिउ उत्पादन गर्ने समुह छन् । ती समुहले उत्पादन गरेका उन्नत जातका धान जिल्लामा पुगेर पनि अन्य जिल्लामा निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा अझै पनि १२ प्रतिशत क्षेत्रफलमा परम्परागत गुडुला, जर्नेलीलगायतका धान रोप्ने गरेकाछन भने १५ प्रतिशत हाईब्रिट लगाउने गरेका छन् ।
स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र विरुवा फाँट धान खेतीका उर्वर क्षेत्र हुन । यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुने गर्दछ । यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङ धान प्रमुख उत्पादक क्षेत्र हुन ।

ताजा

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal