गल्याङमा कृषिमेला सुरु कृषकलाई प्रविधिसंग जोड्नुपर्नेमा अध्यक्ष सुनारको जोड


वालिङ,३ चैत- गल्याङमा शुक्रबारदेखि मेला सुरुभएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा भएको प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ को उद्घाटन गर्दै गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले कृषकलाई प्रविधिसंग जोड्नुपर्ने बताउनुभएको छ ।

कृषकलाई प्रविधिसंग जोड्दै यस पेशामा आर्कषण गर्नुपर्नेमा जोड दिनुभयो । कृषि पेशालाई व्यावसायीक रुवमा अगाडी बढाउनको लागि कृषिमा प्रविधिको प्रयोगका साथै कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कृषि प्रदर्शनी मेलाले कृषकहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि सहयोग पुग्ने अध्यक्ष सुनारको भनाइ थियो । आलु उत्पादनको लागि संभावना बोकेको गल्याङमा कृषकहरुलाई सामुहिक रुपमा खेती गर्न हौसला प्रदान गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष कुमराज बास्तोला, गल्याङ नगरपालिका ३ का वडा अधयक्ष कृष्ण प्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो । यस्तै, प्रदर्शनीको अवधिभर नीजि तथा सरकारी विद्यालयहरुबाट विभिन्न उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो । प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ । प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले प्रस्तुति राख्नुभएको थियो भने शनिबार राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा कृषि सँग सम्बन्धित २० भन्दा बढी स्टलहरु रहेकाछन् ।

गल्याङ नगरपालिका ३ खेल मैदानमा सुरु भएको प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । कार्यक्रम गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटको स्वागत मन्तव्य र महासचिव दल बहादुर सिंजालीले सञ्चालन गर्नुभएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal