आजदेखि गल्याङमा आलु तथा कृषि प्रदर्शनी सुरु
वालिङ,३ चैत– आजदेखि गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा सुरु हुनलागेको प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ शनिबार सम्म सञ्चालन गरिने छ ।
प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गल्याङ चेम्बर अफ कमर्सले जनाएको छ । कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले बताउनुभयो ।
प्रदर्शनीमा गल्याङमा उत्पादन गरिएको आलु, ताजा तरकारी, तरकारीको बिउ, बेर्ना, धान, गहुँ, मकैको विउ एवं अदुवाको प्रदर्शनी तथा विक्री वितरण गरिने कृषि प्रदर्शनी संयोजक तथा गल्याङ चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रुमलाल कँडेलले जानकारी दिनुभयो ।
प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने भएको छ । प्रदर्शनीको पहिलो दिन चैत ३ गते राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपाली तथा ४ गते राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने बताइएको छ ।
गल्याङ नगरपालिका ३ मा रहेको खेल मैदानमा दुई दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता होस भन्ने उद्देश्यले निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक गल्याङ चेम्बर अफ कमर्सका महासचिव दलबहादुर सिंजालीले जानकारी दिनुभयो ।

ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















