आजदेखि गल्याङमा आलु तथा कृषि प्रदर्शनी सुरु


वालिङ,३ चैत– आजदेखि गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा सुरु हुनलागेको प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ शनिबार सम्म सञ्चालन गरिने छ ।

प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गल्याङ चेम्बर अफ कमर्सले जनाएको छ । कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले बताउनुभयो ।
प्रदर्शनीमा गल्याङमा उत्पादन गरिएको आलु, ताजा तरकारी, तरकारीको बिउ, बेर्ना, धान, गहुँ, मकैको विउ एवं अदुवाको प्रदर्शनी तथा विक्री वितरण गरिने कृषि प्रदर्शनी संयोजक तथा गल्याङ चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रुमलाल कँडेलले जानकारी दिनुभयो ।

प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने भएको छ । प्रदर्शनीको पहिलो दिन चैत ३ गते राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपाली तथा ४ गते राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने बताइएको छ ।
गल्याङ नगरपालिका ३ मा रहेको खेल मैदानमा दुई दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता होस भन्ने उद्देश्यले निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक गल्याङ चेम्बर अफ कमर्सका महासचिव दलबहादुर सिंजालीले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal