एमालेको ‘मिसन ग्रासरुट’ अभियान, पालिकाहरुमा बैठक एवं भेला
वालिङ,२० फागुन– नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार देशैभर सुरु गरिएको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानलाई स्याङ्जामा तीव्र पारिएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका,गल्याङ नगरपालिका,अर्जुनचौपारी गाउँपालिका,पुुतलीबजार नगरपालिका लगायतका पालिकाहरुमा ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ । अभियानका क्रममा नेकपा एमाले केन्द्रीय कमिटी सचिव पद्मा कुमारी अर्यालले एमाले जनताको विचमा आएको र यो अभियानले पार्टीलाई चलायमान बनाउनुका साथै जनतासंगको सम्बन्धलाई थप मज्बुद बनाउने बताउनुभयो ।

सचिव अर्यालले कार्यक्रताहरुलाई पार्टीको यो अभियानलाई व्यापक बनाउन आआफ्नो क्षेत्रबाट खट्न समेत आग्रह गर्नुभयो ।
एमालेका विरुध देशी विदेशी शक्तिहरु लागि परेको र यो घेराबन्दीलाई एमालेले प्रास्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेका विरुध गरिएको अपवित्र गठबन्धन देश र जनताको हितमा छैन । यसले देशलाई उधोगतितर्फ धकेलेकोछ ।” अहिलेको निर्वाचनको परिणामले देशमा स्थायीत्वको समाधान दिन नसकेको बताउदै मुलुकको राजनीतिमा विदेशी शक्तिको चलखेल छरपष्टरुपमा देखिएको सचिव अर्यालको भनाइ थियो ।

ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















