स्वर्गीय रविन्द्र अधिकारीको सम्झनामा स्मृती सभा
पोखरा,१५ फागुन- स्वर्गीय रविन्द्र अधिकारीकाे सम्झनामा चाैथाे स्मृती सभा एवं सम्मान कार्यक्रम गरिएकाे छ। तत्कालीन पर्यटन मन्त्री अधिकारीको सम्झनामा रविन्द्र अधिकारी स्मृती प्रतिष्ठानकाे आयाेजनामा पाेखरामा चौथो स्मृती सभा एवं सम्मान कार्यक्रम गरिएको हाे ।
आज भन्दा चार वर्ष अघि आजकै दिन अर्थात फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी उहाँकाे निधन भएकाे थियो ।
अधिकारीको चौथो स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिवंगत रविन्द्र अधिकारीले गरेका काम सदा स्मरणयोग्य रहने बताउनुभयाे । बिचार, सङठन र समाज परिवर्तका सम्बन्धमा सधै चिन्तित रहने साथै बहु आयामिक ब्यक्तित्व कमै पाइने बताउदै देश र पार्टीले कुशल ब्यक्तित्व गुमाएको उहाँले बताउनुभयाे । बिचारमा दुरदृष्टि राख्ने ब्यक्ती रविन्द्र भएको बताउदै रविन्द्रले छोडेका अपुरा कामलाई पूरा गर्ने मुख्य मन्त्री अधिकारीले बताउनुभयाे । उहाँले भन्नुभयाे, “चार वर्ष बितेछ अब हामीले दुःखबाट उठ्दै, जाग्दै उहाँका राम्रा र अपुरा काम अठोटका साथ पूरा गर्ने जिम्मेवारी आएको छ ।”
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले रविन्द्र जनताका समस्या पढेर काम गर्ने दुरदर्शी एवं जनताको लोकप्रीय नेता भएकाे बताउनुभयाे।
प्रतिस्ठानका सल्लहकार इ. भरतराज पहारी, प्रजा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङ लगायतले स्वर्गीय रविन्द्र अधिकारीका बारेमा बाेल्नुभएकाे थियाे।
बक्ताहरुले अहिले देशलाई सक्षम, निस्वार्थ र राष्ट्रबादी नेताको खाचो रहेको बताउदै रविन्द्र अधिकारीलाई आदर्श ब्यक्ती मान्ने सबैले उहाँको केही न केही आदर्श आफुले ग्रहन गर्न सके मात्रै देश समृद्ध बन्ने बताएका थिए।
रविन्द्र अधिकारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार पत्रकार सुरज कुँवरलाई प्रदान गरिएको छ । प्रतिष्ठानले कुँवरलाई ५० हजार रूपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो । मुख्यमन्त्री खगराज अधिकारीले कुँवरलाई पुरस्कार प्रदान गर्नुभएकाे हाे । प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार पहिलोपल्ट कुँवरले प्राप्त गर्नुभएकाे हाे। कान्तिपुरमा आबद्ध कुवँरले विगत एक दशकदेखि पर्यटनका विषयमा कलम चलाउँदै आएउनुभएकाे छ ।
प्रतिष्ठानकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विद्या भट्टराइले अधिकारीको स्मृतीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरिने बताउनुभयाे।
जस अनुसार मंगलबार १६ गते युवा र रविन्द्र अधिकारी विषयमा अन्तर्क्रीया कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएकाे छ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















