प्रतिनिधि सभामा अब्बल भूमिका खेल्ने सभामुख घिमीरेकाे दाबी

हिमलाल पराजुली

मिर्मी,९ फागुन- प्रतिनिधि सभाका सभामुख देबराज घिमीरेले प्रतिनिधि सभामा सभामुखकाे रुपमा आफुले अब्बल भूमिका खेल्ने बताउनुभएकाे छ।
कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा आयाेजित कालीगण्डकी खेलकुद महाेत्सव एवं अध्यक्ष कप खेलकुद प्रतियाेगिता २०७९ काे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै सभामुख घिमीरेले भन्नुभयाे, ” प्रतिनिधि सभामा मेराे भूमिका तटस्थ रहनेछ, त्यसकाे लागि दलहरुले पनि साेहि किसिमले आफुलाई प्रस्तुत गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएकाेछु।”

दलहरुलाई खेलाडीको संज्ञा दिंदै दलहरुले राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताउदै सभामुख घिमीरेले आफु अब्बल अम्पायरको भूमिकामा रहने समेत बताउनुभयो ।

कालीगण्डकी गाउॅंपालिकाका अध्यक्ष खिम बहादुर थापाले पालिका स्तरीय खेलमा पहिलोपटक यती धेरै खेलकुदका विधा समेटीएको बताउनुभयाे। खेलकुद प्रतियाेगितामा ६ विधाका १९ खेल संचालन गरीएको छ ।

उक्त कार्यक्रममा कालीगण्डकी २ लसर्घाले संरक्षण गरेको लोपोन्मुख जिउमामा नृत्य प्रस्तुत गरीएको थियो । उद्घाटनकै अवसरमा पालिका झण्डा डिजाइन कर्ता मदन भट्टराई, पालिका निशान छाप डिजाइन कर्ता रितीजा श्रेष्ठलाई जनही ५० हजार सहित सम्मान गरिएको छ । भने
नवौं राष्ट्रिय खेलकुदमा कालीगण्डकीबाट प्रतिनिधित्व गरेर विभिन्न पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरिएको थियो ।

यसै गरि सभामुख घिमीरेले कालिगण्डकी गाऊॅंपालिका ७ मिर्मीमा१५ शैयाको कालीगण्की अस्पताल शिलन्यास गर्नुभएकाे छ। रु २१ करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको १५ शैयाको कालीगण्डकी अस्पताल २०८१ कार्तिक मसान्त सम्म आरएनसिएस विकोन जेभीले सम्पन्न गर्नुपर्नेछ । यो अस्पताल सम्पन्न भएपछि स्याङ्जा सहित छिमेकी जिल्ला पर्वत र गुल्मीका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal