वालिङमा सञ्चालन भइरहेको महायज्ञमा भक्तजनको उत्साहजन सहभागिता


वालिङ,६फागुन- वालिङमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञमा भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको छ । श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ मा श्रद्धालु भक्तजनहरुको दैनिक उत्साहजनक सहभागिता रहेको हो ।

श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिएको हो । फागुन १ गतेदेखि सुरु भएको महायज्ञ ७ गते आइतबार समापन गरिने छ । महायज्ञमा व्यक्तिगत तथा संस्थागतरुपमा भक्तजनहरुले दान गरेका छन् ।

महायज्ञमा छैटौं दिन शनिबार ४० लाख नगद सँकलन भएको छ । यो सहित शनिबारसम्म जम्मा नगद रु. ७१ लाख भन्दा बढी संकलन भएको आयोजकले जनाएको छ । पण्डित नेत्रप्रसाद पराजुली प्रमुख वाचक रहनुभएको महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागि १० लाख दिप प्रज्ज्वलन, सवा लाख गायत्री मन्त्रजाप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पारायण गरिएको छ । नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु महयज्ञमा समावेस गरिएका छन् ।

शिव रात्रिको अवसरमा फागुन ६ गते शनिबार महाशिवरात्रि विषेश झाँकी एवं शिव कथा वाचन गरिएको थियो । गाई पालनतर्फ आक्रशित गर्नुका साथै धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षणका लागि महायज्ञको आयोजना गरिएको हो ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal