छायाँक्षेत्रमा दर्शनार्थीहरुको आकर्षण, व्यवस्थापकीय पक्ष कमजोर

छायाँक्षेत्र मन्दिर फाइल तस्विर ः

गोपाल जिटी
वालिङ,६फागुन- भक्तालु दर्शनार्थीहरुको लागि छायाँक्षेत्र मन्दिर आकर्षणको केन्द्र बन्दैगएको छ ।

स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्वर ४ मा पर्ने छायाँक्षेत्र मन्दिर जिल्लाकै मध्येभागमा रहेको प्रमुख शक्तिपीठकारुपमा परिचित छ । सतिदेविको शेषअङ्ग छायाँक्षेत्रमा पतन भएको स्वस्थानी व्रतकथामा उल्लेख भएको पाइन्छ । शिव भगवानले त्रिशुल प्रहार गरेर कडा चट्टान भएको पहरामा जल प्रवाह गराएको किम्वदन्ती छ । यस अर्थमा पनि छायाँक्षेत्र धार्मिक तथा सांस्कृतिक महत्व रहेको जनविश्वास छ । छायाँक्षेत्रलाई स्याङ्जाको पाशुपत क्षेत्रकारुपमा समेत भक्तजनहरुले लिने गरेका छन् । यसको ज्वलन्त उदाहरण महाशिवरात्रीका अवसरमा शनिबार दर्शनार्थीहरुको उपस्थितिले देखाएको छ ।

छायाँक्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । नेपालका विभिन्न शक्तिपीठमध्ये छायाँक्षेत्र पनि एक हो । यसको महत्वका वारेमा स्पष्ट पार्न आवस्यक छ । छायाँक्षेत्र नेपालको दोश्रो पाशुपत क्षेत्र हो । यसको व्यापक प्रचार प्रसार गर्नसके धार्मिक तथा सांस्कृतिक क्षेत्रको सम्वद्र्धनकासाथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पत्रकार महासँघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाशा शर्मा बताउनुहुन्छ ।

महाशिवरात्रीका दिन देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । यसदिन काठमाडौको पशुपतिनाथको मन्दिरमा देश तथा विदेशबाट लाखौं दर्शनार्थीहरु आउने गर्दछन् । यसैगरी छायाँक्षेत्रमा पनि देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत भक्तजनहरुको बाक्लो उपस्थिति हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठ बताउनुहुन्छ । छायाँक्षेत्रको महत्व बुझाउँदै र बुझ्दै गएकाले पनि दर्शनार्थीहरुको उपस्थिति बढ्दै आएको अध्यक्ष श्रेष्ठको भनाई छ । भक्तालुहरुबाट प्राप्त दानका साथै विभिन्न व्यक्तिहरुको सहयोगमा मन्दिरमा भौतिक व्यवस्थापन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार भक्तालुहरुका लागि लाइन तथा भजन कीर्तनका साथै अवलोकनका लागि भौतिक पूर्वाधार व्यवस्थापनले पनि धेरै सहजता बनाएको छ । श्रेष्ठले भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक महत्व रहेकाले छायाँक्षेत्र भक्तजनहरुको बाक्लो उपस्थिति हुने गर्दछ । हामीले भक्तजनहरुको सुविधाका लागि लाइनमा राखेर व्यवस्थापन गरेकाले पनि दर्शनार्थीहरु पहिलाका दिनमा भन्दा निकै वृद्धि हुदै आएको छ ।”
तर दर्शनार्थीहरु भन्छन्—“भीडभाड र ठेलमठेल अवस्थामा लाइन लाग्दा अत्यन्त कष्ठकर भएको छ । तीन घण्टा भन्दा धेरैभैसक्यो यो अवस्थामा लाइनमा बसेको, यति छोंटो दूरीमा पनि समयमा दर्शन गर्न पाइएको छैन । समितिले स्वयम सेवक तथा सुरक्षाकर्मीको सहयोग लिएर सहज व्यवस्थापन हुन सकेको छैन ।”

समितिले सहज बनाएको दावी गरेपनि दर्शनार्थीहरुका अनुसार व्यवस्थापकीय पक्ष कमजोर देखिन्छ ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal