छायाँक्षेत्रमा दर्शनार्थीहरुको आकर्षण, व्यवस्थापकीय पक्ष कमजोर

छायाँक्षेत्र मन्दिर फाइल तस्विर ः

गोपाल जिटी
वालिङ,६फागुन- भक्तालु दर्शनार्थीहरुको लागि छायाँक्षेत्र मन्दिर आकर्षणको केन्द्र बन्दैगएको छ ।

स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्वर ४ मा पर्ने छायाँक्षेत्र मन्दिर जिल्लाकै मध्येभागमा रहेको प्रमुख शक्तिपीठकारुपमा परिचित छ । सतिदेविको शेषअङ्ग छायाँक्षेत्रमा पतन भएको स्वस्थानी व्रतकथामा उल्लेख भएको पाइन्छ । शिव भगवानले त्रिशुल प्रहार गरेर कडा चट्टान भएको पहरामा जल प्रवाह गराएको किम्वदन्ती छ । यस अर्थमा पनि छायाँक्षेत्र धार्मिक तथा सांस्कृतिक महत्व रहेको जनविश्वास छ । छायाँक्षेत्रलाई स्याङ्जाको पाशुपत क्षेत्रकारुपमा समेत भक्तजनहरुले लिने गरेका छन् । यसको ज्वलन्त उदाहरण महाशिवरात्रीका अवसरमा शनिबार दर्शनार्थीहरुको उपस्थितिले देखाएको छ ।

छायाँक्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । नेपालका विभिन्न शक्तिपीठमध्ये छायाँक्षेत्र पनि एक हो । यसको महत्वका वारेमा स्पष्ट पार्न आवस्यक छ । छायाँक्षेत्र नेपालको दोश्रो पाशुपत क्षेत्र हो । यसको व्यापक प्रचार प्रसार गर्नसके धार्मिक तथा सांस्कृतिक क्षेत्रको सम्वद्र्धनकासाथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पत्रकार महासँघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाशा शर्मा बताउनुहुन्छ ।

महाशिवरात्रीका दिन देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । यसदिन काठमाडौको पशुपतिनाथको मन्दिरमा देश तथा विदेशबाट लाखौं दर्शनार्थीहरु आउने गर्दछन् । यसैगरी छायाँक्षेत्रमा पनि देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत भक्तजनहरुको बाक्लो उपस्थिति हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठ बताउनुहुन्छ । छायाँक्षेत्रको महत्व बुझाउँदै र बुझ्दै गएकाले पनि दर्शनार्थीहरुको उपस्थिति बढ्दै आएको अध्यक्ष श्रेष्ठको भनाई छ । भक्तालुहरुबाट प्राप्त दानका साथै विभिन्न व्यक्तिहरुको सहयोगमा मन्दिरमा भौतिक व्यवस्थापन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार भक्तालुहरुका लागि लाइन तथा भजन कीर्तनका साथै अवलोकनका लागि भौतिक पूर्वाधार व्यवस्थापनले पनि धेरै सहजता बनाएको छ । श्रेष्ठले भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक महत्व रहेकाले छायाँक्षेत्र भक्तजनहरुको बाक्लो उपस्थिति हुने गर्दछ । हामीले भक्तजनहरुको सुविधाका लागि लाइनमा राखेर व्यवस्थापन गरेकाले पनि दर्शनार्थीहरु पहिलाका दिनमा भन्दा निकै वृद्धि हुदै आएको छ ।”
तर दर्शनार्थीहरु भन्छन्—“भीडभाड र ठेलमठेल अवस्थामा लाइन लाग्दा अत्यन्त कष्ठकर भएको छ । तीन घण्टा भन्दा धेरैभैसक्यो यो अवस्थामा लाइनमा बसेको, यति छोंटो दूरीमा पनि समयमा दर्शन गर्न पाइएको छैन । समितिले स्वयम सेवक तथा सुरक्षाकर्मीको सहयोग लिएर सहज व्यवस्थापन हुन सकेको छैन ।”

समितिले सहज बनाएको दावी गरेपनि दर्शनार्थीहरुका अनुसार व्यवस्थापकीय पक्ष कमजोर देखिन्छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal