शहीदको उचित सम्मानकै खोजी

भउचप्रसाद यादव

काठमाडौं,१६ माघ– आज शहीद दिवस । विक्रम संवत् १९९७ मा चार जना नेपाली सपुतलाई राणा शासकले मृत्युदण्ड दिएको स्मरण तथा शहीदको सम्मान स्वरूप हरेक वर्ष माघ १६ लाई शहीद दिवसका रूपमा मनाउने गरिन्छ । माफी मागेर निरङ्कुश शासनसामु झुक्नुभन्दा मुलुकमा लोकतन्त्र र जनताको अधिकारका लागि ज्यान सजाय स्वीकार गर्ने चार जना र अन्य ज्ञात अज्ञात शहीदहरूको सम्मानमा हरेक वर्ष मुलुकमा माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहको रूपमा मनाइने गरिन्छ ।

तत्कालीन राजा महेन्द्रद्वारा २०१२ सालमा काठमाडौँ नगरलाई शहीद दिवस मनाउने आदेश भएदेखि काठमाडौँ नगरपालिकाले शहीद दिवस मनाउँदै आएको छ । आज पनि शहीद दिवस मनाउने जिम्मेवारी राज्यको केन्द्रीय स्तरमा नभई काठमाडौँ महानगरपालिकालाई नै छ ।

संवत्  १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा, माघ ११ गते धर्मभक्त माथेमालाई सिफलस्थित रुखमा झुण्ड्याएर मारिएको थियो । त्यसैगरी दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीस्थित विष्णुमतीको किनारमा गोली ठोकेर मारिएको थियो ।

तर नेपाली जनताको सबै अधिकार खोसिएका बेला शहादत प्राप्त गरेका नेपालका शहीदको अहिले पनि उचित सम्मान भएको छैन । शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामै सीमित छ । मुलुकमा गणतन्त्र आए पनि शहीदको योगदानको कदर हुन नसकेको धारणा शहीद परिवार, राजनीतिज्ञ, लेखक, विश्लेषक र विद्वान्हरूको  छ ।

वरिष्ठ राजनीतिज्ञ तथा लेखक पुरुषोत्तम बस्नेतले मुलुकमा लोकतन्त्र आए पनि राज्यले शहीदहरूको योगदानको कदर गर्न नसकेको जिकिर गर्नुभयो ।  

अहिलेसम्मको शहीद दिवस औपचारिकतामा मात्र सीमित रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘मुलुकमा गणतन्त्र आए पनि शहीदको कल्पनाको समाज अझै निर्माण हुन सकेको छैन । आज पनि समाजमा आमनागरिकमाथिको शोषण उत्पीडन कायमै छ ।’’

शहीद दिवसका अवसरमा पञ्चातकालमा समेत दिइँदै आएको बिदा गणतन्त्रमा कटौती गर्नु शहीदप्रतिको घोर अपमान भएको उहाँको भनाइ छ । केही वर्षयता शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने गरिएको छैन । अधिकार प्राप्ति तथा देश र जनताको हितका निम्ति आफूलाई उत्सर्ग पनि गर्न सक्छु भन्दै बलिदानपूर्ण सङ्घर्षमा उत्रेर मारिने सबै शहीद हुन भने उहाँको भनाइ छ ।

राज्यद्वारा चार जनाबाहेकका शहीदहरूको अवमूल्यन र न्यूनीकरण भएको बताउँदै राजनीतिज्ञ बस्नेतले शहीद गेटमा शहीदहरूको टाउकोमाथि राजा त्रिभुवनको सालिक राखेर राज्यले ती चार जना शहीदको पनि घोर अपमान गरेको धारणा व्यक्त गर्नुभयो । शहीद धर्मभक्त माथेमाका भतिजा प्राडा केदारभक्त माथेमाले अहिलेसम्म शहीदको सपना साकार हुन नसकेको धारणा व्यक्त गर्नुभयो । अहिले मुलुकमा मौलाउँदै गएको बेथिति, भ्रष्टाचार र सामाजिक असमानताले शहीदको सपनामाथि ठूलो तुषारापात गरेको उहाँको भनाइ छ । 

शहीद धर्मभक्त माथेमाका अर्का भतिजा माधवभक्त माथेमाले शहीदको योगदानको कदर नभएको बताउनुभयो । उहाँले शहीद कुनै घर परिवारको नभई सबै नेपालीको साझा भएको बताउनुभयो । उहाँले शहीद दिवसका अवसरमा शहीदको सालिकमा माल्यार्पण गर्नुभन्दा शहीदहरूको सपना के थियो, उहाँहरूले किन हाँसीहाँसी ज्यानको आहूति दिनुभयो भन्ने कुरालाई राज्यले मनन गर्नुपर्छ भन्नुभयो ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले राज्यद्वारा अहिलेसम्म शहीद घोषणामा समेत विभेद गरिएको बताउँदै  राज्यले दुर्गानन्द झालाई शहीद घोषणा गरे पनि अन्य चार जना शहीद जत्तिको सम्मान राज्यबाट उहाँले नपाएको गुनासो गर्नुभयो । उहाँले राजधानीको शहीद गेटमा दुर्गानन्द झाको सालिक निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । २००७ सालदेखि अहिलेसम्म दुर्गानन्द झालगायत मधेश आन्दोलनका शहीदहरूको मूल्याङ्कन राज्यले गर्न नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले दुर्गानन्द झाले शाहदत प्राप्त गरेको दिन माघ १५ गते नै शहीद दिवस मनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal