बज्रे भञ्ज्याङ माविको ६२ औं वार्षिकोत्सव सम्पन्न
वालिङ,१६ माघ- गल्याङ नगरपालिका ११ मा रहेको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सीता कुमारी सुन्दासले विद्यालय शिक्षा देशको जिम्मेवार जनशक्ति उत्पादन गर्ने पूर्वाधार भएकोले यसको विकासको लागि सबैको ध्यान जानुपर्ने बताउनुभयो । बज्रे माविले शैक्षिक क्षेत्रमा राम्रो व्यवस्थापन गरेको र यस विद्यालयको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयो गर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वारा उत्पादन गरिएका तरकारीका साथै साथै स्थानीय परिकार र विद्यार्थीहरुद्वारा निर्माण गरिएका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ नेत्रप्रसाद गैह्रेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गल्याङ नगरपालिका ११ का अध्यक्ष दल बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रअ भोजराज भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रेशम बहादुर रानाले गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















