रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन

काठमाडौं,१५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उहाँको पार्टी सभापति पद गुमेको थियो । 

लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनः प्राप्त नगरेको भन्दै सर्वोच्च अदालतले गरेको फैसला अनुसार उहाँको सांसद, उपप्रधान तथा गृहमन्त्रीसँगै पार्टी सभापति पद गुमेको थियो ।

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लामिछानेले नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः पार्टी सभापति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकमा लामिछाने आमन्त्रित सदस्यको रुपमा उपस्थित हुनुभएको थियो । सोही बैठकबाट केन्द्रीय सदस्य चयन हुनुभएको हो । त्यस लगत्तै बसेको दोस्रो बैठकबाट पार्टी सभापति चयन गर्ने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । 

प्रवक्ता ढकालले भन्नुभयो, ‘‘पार्टीको सदस्यता प्राप्ती गर्ने प्रक्रिया पूरा गर्नुभयो । त्यसपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सभापतिमा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्‍यो । योसँगै पार्टी सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ । यो सर्वसम्मत निर्णय हो ।’’ 

नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले गरेपछि गत शुक्रबार उहाँको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको थियो । केन्द्रीय समिति बैठकले सबै प्रक्रिया पूरा गरेर उहाँलाई सभापतिमा सर्वसम्मतिले चयन गरेको प्रवक्ता ढकालको भनाइ छ ।

सभापति चयन भए लगत्तै लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको सबै प्रदेशमा सङ्गठन विस्तार गर्ने गर्ने गरेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal