तमु आदिकवि हर्क गुरुङको ८६ औं जन्मजयन्ती मनाइयाे
स्याङ्जा,१२माघ- तमु आदिकवि हर्क गुरुङको ८६ औं जन्मजयन्ती फेदीखोला गाउँपालिका१ स्थित स्मृति पार्कमा मनाइएको छ । तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदीखोला स्याङ्जा र फेदीखोला गाउँपालिकाकाे आयोजनामा गुरुङको जन्मजयन्ती मनाइएको हाे।

भाषा, साहित्य तथा रचना मार्फत तमु भाषाको प्रचार प्रसारमा पुर्याएको योगदानको सम्झनामा स्मृति पार्कमा प्रत्येक वर्ष गुरुङको जन्मजयन्ती मनाउने गरिन्छ । जन्मजयन्तीको अवसरमा गुरुङका गीतहरुको संग्रह समेटिएको क्युदे थुँलेन (पानी खाए’नि) गीति संग्रह विमोचन गरिएको थियो ।
गीति संग्रहको विमोचन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गुरुङ गाउँपालिकाको साझा सम्पत्तिको रुपमा रहेको बताउनुभयाे । गुरुङको योगदानको कदर गर्दै गाउँपालिकाले अर्धकद सहितको स्मृति पार्क निर्माण गरि प्रत्येक वर्ष जन्मजयन्ती मनाउँदै आएको अध्यक्ष सुवेदीकाे भनाइ थियाे। गाउँपालिकाद्वारा निर्मित स्थानीय पाठ्यक्रममा गुरुङको जीवन समेटी विद्यार्थीमार्फत समग्र राष्ट्रलाई गुरुङको कृतिहरु चिनाउन खोजिएकाे समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले कवि गुरुङले तमु भाषाको संरक्षण, संवद्र्धन, प्रचार र प्रसार गरि भाषिक सम्पत्तिको दरिलो पहिचान कायम गरेको बताउनुभयो । कार्यक्रममा कवि हर्कबहादुर गुरुङका भाई बहादुरसिंह गुरुङले कवितामार्फत उहाँको जीवनीबारे प्रकाश पार्नुभएको थियो भने अर्का भाई टिकाबहादुर गुरुङले स्वागत भाषण गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मी अनिता गुरुङलाई सम्मान गर्नुका साथै जन्मजयन्तीकै अवसरमा अन्तरमाध्यमिक कविता प्रतियोगितामा गुरुङ भाषातर्फ प्रथम रवि गुरुङ, नेपाली भाषातर्फ प्रथम रश्मि केसीको कविता वाचन गरिएको थियो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















