वालिङ गोल्डकप राष्ट्रिय फुटवलमा आयोजक निलो विजयी


गोपाल जिटी
वालिङ,२ माघ- वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा आयोजक वालिङ युनाइटेड क्लव निलो विजयी भएको छ ।

सोमबार भएको खेलमा वालिङ युनाइटेड निलोले साहरा फुटवल क्लव पोखरालाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी भएको हो । अत्यन्त प्रतिस्पर्धात्मकरुपमा खेलेका दुवै टीमको पहिलो हाफमा कनै गोल हुन सकेन । दोस्रो हाफको ११ औं मिनेटमा आयोजक निलोका टीकराज गुरुङ गोल गर्न सफल भए ।

विश्वास श्रेष्ठको पासलाई सदुपयोग गर्दै गुरुङ गोल गर्न सफल भएका हुन् । यसपछि कुनैपनि गोल हुन नसकेपछि यो गोल नै आयोजक निलोका लागि निणर्ायक बन्यो ।
पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवलमा मङ्गलबार विभागीय टीम नेपाल आर्मी र अफ्रिकी मुलुक क्यामरुनको एभिनिर एफसिका बीच दिउसो साढे एक बजेहुने छ । माघ ४ गतेदेखि प्रतियोगितामा सहभागी ८ टीम मध्ये पहिलो राउण्डका विजेता ४ टीमका खेल सुरु हुने छ ।

दोस्रो राउण्डमा माघ ४ गते बुधबार आयोजक निलो र विभागीय टीम एपिएफका बीच प्रतिस्पर्धा हुनेछ । यसैगरी मङ्गलबार विजेता हुने टीमसँग उद्घाटन खेलकोे विजेता आयोजक रातोले ५ गते विहिबार प्रतिस्पर्धा हुनेछ ।

पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्यारापिटको व्यवस्था गरिएको हुँदा र राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आफ्नै खेलमैदानमा हेर्न पाइने भएपछि वालिङ आसपासका दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको छ ।
पुस ३० गतेदेखि सुरु भएको पहिलो वालिङ गोल्ड कप माघ ७ गते सम्पन्न गरिने छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal