वालिङ गोल्डकप राष्ट्रिय फुटवलमा अफ्रिकाको एभिनिर क्यामरुन विजयी


बुधबार विभागीय क्लव एपि एफ र आयोजक निलो भिड्ने

गोपाल जिटी
वालिङ,३ माघ- वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा पहिलो राउण्डका खेल सकिएकाछन् ।
आठ टीमको सहभागिता रहेको प्रतियोगिताको पहिलो राउण्डको खेल मङ्गलबार सकिएको हो । वालिङ युनाइटेड क्लवद्वारा आयोजित पहिलो राष्ट्रिय फुटवल प्रतियोेगितामा बुधबारदेखि दोस्रो राउण्डमा समिफाइनलका खेलहरु हुनेछन् ।

मङ्गलबार भएको खेलमा अफ्रिकि मुलुक क्यामरुनको एभिनिर फुटवल क्लव विजयी भएको छ । एभिनिरले विभागीय क्लव नेपाल आर्मीलाई एक का विरुद्ध तीन गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २१ औं मिनेटमा क्यामरुनका एव्डेलले हेड मार्फत सुरुवाती गोल गरे । यस्तै २६ औं मिनेटमा क्यामरुनकै टिम्वा टिम्वाले गोललाई दोव्वर पारे ।
खेलको सुरुदेखि नै दवावमा परेको आर्मीका लागि दिनेश योन्जनले ४२ औं मिनेटमा फ्रिकिक मार्फत सानदार गोल फर्काए । यसपछि अझ शसक्त पारेर खेलेपनि आर्मीले गोल थप्न सकेन । पहिलो हाफमा थप गरिएको ३ मिनेटमा क्यामरुनका आनिसेले पेनाल्टी मार्फत गोल गरेर खेललाई तीन एकमा पुर्‍याए ।

दोस्रो हाफमा नेपाल आर्मीले खेल सुधार्दै कडा टक्करमा उत्रेको थियो । तर गोल थप्न नसक्दा क्यामरुनसँग तीन एक को हार बेहोर्न बाध्य भयो । अब सेमिफाइनलका खेल अन्तर्गत बुधबार आयोजक निलो र विभागीय टीम शसस्त्र प्रहरीको एपि एफका बीच प्रतिस्पर्धा हुनेछ । आज विजयी टीम क्यामरुनसँग आयोजक रातोले ५ गते विहिबार प्रतिस्पर्धा गर्नेछ ।

पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुस ३० गतेदेखि सुरु भएको पहिलो वालिङ गोल्ड कप माघ ७ गते सम्पन्न गरिने छ ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal