वालिङ गोल्डकप राष्ट्रिय फुटवलमा अफ्रिकाको एभिनिर क्यामरुन विजयी


बुधबार विभागीय क्लव एपि एफ र आयोजक निलो भिड्ने

गोपाल जिटी
वालिङ,३ माघ- वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा पहिलो राउण्डका खेल सकिएकाछन् ।
आठ टीमको सहभागिता रहेको प्रतियोगिताको पहिलो राउण्डको खेल मङ्गलबार सकिएको हो । वालिङ युनाइटेड क्लवद्वारा आयोजित पहिलो राष्ट्रिय फुटवल प्रतियोेगितामा बुधबारदेखि दोस्रो राउण्डमा समिफाइनलका खेलहरु हुनेछन् ।

मङ्गलबार भएको खेलमा अफ्रिकि मुलुक क्यामरुनको एभिनिर फुटवल क्लव विजयी भएको छ । एभिनिरले विभागीय क्लव नेपाल आर्मीलाई एक का विरुद्ध तीन गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २१ औं मिनेटमा क्यामरुनका एव्डेलले हेड मार्फत सुरुवाती गोल गरे । यस्तै २६ औं मिनेटमा क्यामरुनकै टिम्वा टिम्वाले गोललाई दोव्वर पारे ।
खेलको सुरुदेखि नै दवावमा परेको आर्मीका लागि दिनेश योन्जनले ४२ औं मिनेटमा फ्रिकिक मार्फत सानदार गोल फर्काए । यसपछि अझ शसक्त पारेर खेलेपनि आर्मीले गोल थप्न सकेन । पहिलो हाफमा थप गरिएको ३ मिनेटमा क्यामरुनका आनिसेले पेनाल्टी मार्फत गोल गरेर खेललाई तीन एकमा पुर्‍याए ।

दोस्रो हाफमा नेपाल आर्मीले खेल सुधार्दै कडा टक्करमा उत्रेको थियो । तर गोल थप्न नसक्दा क्यामरुनसँग तीन एक को हार बेहोर्न बाध्य भयो । अब सेमिफाइनलका खेल अन्तर्गत बुधबार आयोजक निलो र विभागीय टीम शसस्त्र प्रहरीको एपि एफका बीच प्रतिस्पर्धा हुनेछ । आज विजयी टीम क्यामरुनसँग आयोजक रातोले ५ गते विहिबार प्रतिस्पर्धा गर्नेछ ।

पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुस ३० गतेदेखि सुरु भएको पहिलो वालिङ गोल्ड कप माघ ७ गते सम्पन्न गरिने छ ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal