अमेरिका चीनसँग द्वन्द्व चाहँदैन: किर्बी

वासिङ्टन,३  पुस– अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् एनएससीका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताउनुभएको छ ।     

किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका भीओएलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, “चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौं भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व होस् भन्ने चाहँदैनौं ।”  वासिङ्टन र बेइजिङबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्न अमेरिकी विदेश मन्त्रालयले नयाँ अफिस अफ चाइना कोअर्डिनेसन स्थापनापछि ह्वाइट हाउसका अधिकारीले चीनबारे यस्तो टिप्पणी गर्नुभएको हो ।     

उहाँले भन्नुभयो, “यद्यपि अमेरिकाले सन् २०२२ मा सूचनाको वातावरणमा चीनले खडा गरेको सुरक्षा चुनौतीका लागि तयार रहने ताइवानमा हालैका गतिविधिका कारण ताइवानको सम्बन्धमा नयाँ सामान्यपन हासिल गर्ने उनीहरूको प्रयास पनि समावेश छ ।     

शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले अनौपचारिक रूपमा चाइना हाउसको नामले चिनिने नयाँ अफिस अफ चाइना कोअर्डिनेसनको उद्घाटनको अध्यक्षता गर्नुभएको थियो ।     

चाइना हाउसले अमेरिकी सरकारले जनवादी गणतन्त्र चीनसँग हाम्रो प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र खुला, समावेशी अन्तर्राष्ट्रिय प्रणालीको लागि हाम्रो दृष्टिकोणलाई अगाडि बढाउन सक्षम छ भन्ने सुनिश्चित गर्नेछ ।     

विज्ञप्तिमा भनिएको छ, “चाइना हाउसले सुरक्षा, आर्थिक, प्राविधिक, कूटनीतिक र रणनीतिक मुद्दाहरूमा काम गर्न विदेश विभागभरिका चिनियाँ विशेषज्ञहरूको एक समूहलाई एकसाथ भेला गर्नेछ ।     

सुधारिएको समन्वयले विदेश मन्त्रालयको नीतिलाई अझ सुसङ्गत बनाउने र अमेरिकालाई सहयोगी र साझेदारहरूसँग अझ गहिरो रूपमा संलग्न हुन अझ राम्रो स्थितिमा पु¥याउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।     

अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाइडन प्रशासनले जनवादी गणतन्त्र चीनसँग रणनीतिक प्रतिस्पर्धाको अवस्था र दायरालाई अमेरिकाले मान्यता दिएकाले चाइना हाउस सुरु गरेको बताउनुभयो ।     

“चाइना हाउस विदेशमन्त्री ब्लिन्केनको आधुनिकीकरणको एजेन्डाको प्रमुख हिस्सा हाे र यसले हाम्रा कूटनीतिज्ञहरूलाई २१ औं शताब्दीका चुनौतीहरूको सामना गर्न मद्दत गर्नेछ,” उहाँले भन्नुभयो ।     

मे महिनाको सुरुमा ब्लिन्केनले चाइना हाउस को निर्माण गर्ने घोषणा गर्नुभएको थियो र यसलाई एक विभागव्यापी, एकीकृत टोलीको संज्ञा दिनुभएको थियो । यसले मुद्दाहरू र क्षेत्रहरूमा अमेरिकी नीतिको समन्वय र कार्यान्वयन गर्नेछ ।     

उहाँले भन्नुभयो, “म विदेश विभाग र हाम्रा कूटनीतिज्ञहरूलाई मेरो आधुनिकीकरणको एजेन्डाको एक भागको रूपमा यस चुनौतीको सामना गर्न आवश्यक उपकरणहरू दिन कटिबद्ध छु ।

यसमा चाइना हाउसको निर्माण पनि समावेश छ । यसले सम्बन्धित मुद्दा र क्षेत्रहरूमा अमेरिकी नीति समन्वय र कार्यान्वयन गर्नेछ र आवश्यकताअनुसार अमेरिकी संसदसँग काम गर्नेछ ।”–रासस/एएनआर्ई

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal