पत्रकार महासंघ स्याङ्जाको १३ औँ साधारणसभा सम्पन्न


वालिङ,२ पुस– नेपाल पत्रकार महासंघ स्याङ्जाको १३औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार वालिङमा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले निष्पक्ष पत्रकारितामा जोड दिनुभयो । राज्यको चौथो अंग पत्रकारिता जगतले समाजलाई सहि मार्गनिर्देश गर्नुपर्ने व्यक्तिगत चरित्रमाथि आँच आउने किसिमका सामग्रीहरु प्रसारण तथा प्रकाशन गर्न नहुँने बताउनुभयो ।

प्रमुख जिटीले पत्रकार महासंघ स्याङ्जाको भवन निर्माणका साथै पत्रकारिता संग सम्बन्धित अन्य विकासका लागि समन्वयले सबै तहसंग समन्वय गरेर अगाडि बढ्ने समेत बताउनुभयो । पत्रकारहरुको एउटा कलमको महत्व धेरै रहेको भन्दै हजारौँ भौतिक शक्ति भन्दा एउटा कलमको शक्ति बढि हुने बताउनुभयो ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष एवं गाउँपालिका महासंघका महासचिव खिम बहादुर थापाले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा विकास गर्दै व्यावसायिक पत्रकारितामा लाग्न आग्रह गर्नुभयो । पत्रकारिताको विकासका साथै पत्रकार महासंघको संस्थागत विकासका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । गाउँपालिका महासंघका केन्द्रिय महासचिव समेत रहनुभएका थापाले इतिहासबाट शिक्षा लिएर योजना बनाउनुपर्ने बताउदै हरेक हिसाबले अब्बल स्याङ्जा पत्रकारितामा समेत नमुना बन्नुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजिव बस्नेत, नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, माओवादी जिल्ला संयोजक प्रकाश न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोईराला, प्रेस चौतारी स्याङ्जाका उपाध्यक्ष मणिप्रसाद अर्याल, रेडियो आँधीखोला एफएमका अध्यक्ष नेत्रप्रसाद पाण्डेलगायतले बोल्नुभएको थियो ।

कार्यक्रम पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष भवानी अधिकारी र संचालन सचिव प्रतिक्षा काफ्लेले गर्नुभएको थियो ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal