रुपन्देही २ मा एमाले नेता पौडेल विजयी
रुपन्देही,१० मङ्सिर– रुपन्देही–२ को प्रतिनिधि सभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो ।
अन्तिम मत परिणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार सात सय ८२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभयो । एक लाख २६ हजार आठ सय सात मतदाता रहेको यस क्षेत्रमा ८० हजार छ सय ५१ मत खसेको थियो । बदर मत ३१ सय ९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसै गरी रुपन्देहीको १ मा नेकपा (एमाले)का छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसालभन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो ।
निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत ल्याउनुभएको छ । भुसालले २१ हजार ३०८ मत ल्याउनुभएको छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















