जनतासंग प्रत्यक्ष जोडिएको योजनालाई प्राथामिकता दिन्छु ः अर्याल
वालिङ,२६ कात्तिक– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्यकी उम्मेद्वार पद्मा अर्यालले जनतासंग प्रत्यक्ष जोडिएका योजनालाई प्राथामिकता दिने बताउनुभएको छ ।
नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले शनिबार वालिङ नगरपालिका स्थित वडा नम्बर १ र ११ मा मतदाता एवं घरदैलो कार्यक्रममा बोल्दै अर्यालले हिजो मन्त्रालयमा हुँदा पनि नागरिकसंग प्रत्यक्ष जोडिएको खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधार विकास, युवा स्वोरोजगार, कृषिलगायतलाई प्राथामिकता दिएको स्मरण गर्दै त्यस्ता योजनाहरुलाई दिर्घकालिन बनाउनका लागि यसपटक पनि फेरि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्याङ्जाका विभिन्न स्थानहरुमा नागरिकसंग जोडिएका योजनाहरु हिजो पनि ल्याएको हुँ । ति योजनालाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न नागरिकले चाहानुभएका काम र योजनाहरु, अधुरा कार्यहरुलाई पुरा गर्न फेरि पनि यहाँहरुको साथ र सहयोग आवश्यक छ ।” नागरिकले महशुस गर्ने खालका योजनाहरु आगामी दिनमा पनि निरन्तरता दिने भन्दै जिल्लाको विकासका लागि छुट्याईएका बजेट गठबन्धनको सरकार आएपछि कटौती गरिदिएको भन्दै विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई अर्यालले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभासदस्य क का उम्मेद्वार मोहन रेग्मी, समानुपातिक उम्मेद्वार हुमबहादुर गुरुङ लगायतले एमालेका उम्मेद्वाहरुको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















