प्रदेशसभा सदस्यका उम्मेद्वार भट्टराईद्वारा उम्मेद्वारी निस्कृय
वालिङ,२३ कात्तिक– मंसिर चार गते हुन गहिरहेको निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्रन नम्बर २ प्रदेशसभा क बाट प्रदेशसभा सदस्यको लागि उम्मेद्वारी दिनुभएका रामचन्द्र भट्टराईले आफ्नो उम्मेद्वारी निस्कृय पार्नुभएको छ ।
नेकपा एकिकृत (समाजवादी)का जिल्ला अध्यक्ष समेत रहनुभएका भट्टराईले पाँच दलिय गठबन्धनको केन्द्रको निर्यणय अनुसार सो निर्वाचन क्षेत्र समाजवादीलाई परेपछि उम्मेद्वारी घोषणा गर्नुभएको थियो । तर सोही क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट कांग्रेस नेता भोजराज अर्यालले पनि उम्मेद्वारी दर्ता गराएपछि कांग्रेस र समाजवादी बिचको गठबन्धन यस क्षेत्रमा तोडिएको भन्दै समाजवादीका जिल्ला अध्यक्ष समेत रहनुभएका रामचन्द्र भट्टराईले पनि उम्मेद्वारी दर्ता गरेर चुनावी प्रचारप्रसारको अभियानमा लाग्नुभएको थियो ।

चुनावी अभियानमा तिब्रताका साथ लाग्नुभएका भट्राईले आज एक विज्ञप्ती जारी गर्दै पाँच दलिय गठबन्धनको निर्णय अनुसार आफुले उम्मेद्वारी दर्ता गराएपनि पार्टी अध्यक्ष माधकुमार नेपालको निर्देशनमा आफुले उम्मेद्वारी निस्कृय पारेको विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।
भटराईले विज्ञप्ती मार्फत उम्मेद्वारी फिर्ता लिएको जनाएपनि कस्लाई समर्थन गर्ने भन्ने बारेमा केही कुरा खुलाउनुभएको छैन् ।
आफ्नो उम्मेद्वारी प्रति जिज्ञासा र चासो राख्ने स्याङ्जाबासीहरुमा आभार प्रकट गर्दै जनप्रतिनिधिका रुपमा जनताको सेवा गर्ने अवसर नपाएपनि समाज सेवामा निरन्तर लाग्ने समेत बताउनुभएको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















