प्रदेशसभा सदस्यका उम्मेद्वार भट्टराईद्वारा उम्मेद्वारी निस्कृय
वालिङ,२३ कात्तिक– मंसिर चार गते हुन गहिरहेको निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्रन नम्बर २ प्रदेशसभा क बाट प्रदेशसभा सदस्यको लागि उम्मेद्वारी दिनुभएका रामचन्द्र भट्टराईले आफ्नो उम्मेद्वारी निस्कृय पार्नुभएको छ ।
नेकपा एकिकृत (समाजवादी)का जिल्ला अध्यक्ष समेत रहनुभएका भट्टराईले पाँच दलिय गठबन्धनको केन्द्रको निर्यणय अनुसार सो निर्वाचन क्षेत्र समाजवादीलाई परेपछि उम्मेद्वारी घोषणा गर्नुभएको थियो । तर सोही क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट कांग्रेस नेता भोजराज अर्यालले पनि उम्मेद्वारी दर्ता गराएपछि कांग्रेस र समाजवादी बिचको गठबन्धन यस क्षेत्रमा तोडिएको भन्दै समाजवादीका जिल्ला अध्यक्ष समेत रहनुभएका रामचन्द्र भट्टराईले पनि उम्मेद्वारी दर्ता गरेर चुनावी प्रचारप्रसारको अभियानमा लाग्नुभएको थियो ।

चुनावी अभियानमा तिब्रताका साथ लाग्नुभएका भट्राईले आज एक विज्ञप्ती जारी गर्दै पाँच दलिय गठबन्धनको निर्णय अनुसार आफुले उम्मेद्वारी दर्ता गराएपनि पार्टी अध्यक्ष माधकुमार नेपालको निर्देशनमा आफुले उम्मेद्वारी निस्कृय पारेको विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।
भटराईले विज्ञप्ती मार्फत उम्मेद्वारी फिर्ता लिएको जनाएपनि कस्लाई समर्थन गर्ने भन्ने बारेमा केही कुरा खुलाउनुभएको छैन् ।
आफ्नो उम्मेद्वारी प्रति जिज्ञासा र चासो राख्ने स्याङ्जाबासीहरुमा आभार प्रकट गर्दै जनप्रतिनिधिका रुपमा जनताको सेवा गर्ने अवसर नपाएपनि समाज सेवामा निरन्तर लाग्ने समेत बताउनुभएको छ ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















