कामको मुल्यांकन गरेर मतदान गर्न उम्मेद्वार श्रेष्ठको मतदातालाई आग्रह


रामपुर,२३ कात्तिक– नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा क का प्रदेशसभा सदस्य पदका उम्मेद्वार राजुप्रसाद श्रेष्ठले कामको मुल्यांकन गरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

चुनावी प्रचारप्रसारको अभियानमा रहनुभएका श्रेष्ठले आफुले गरेका सामाजिक कामको मुल्यांकन गरेर जनताले मतदान गर्ने बताउनुभएको छ । मतदाताको घर घरमा मतदातालाई भेट्ने क्रममा उहाँले पूर्वी पाल्पाको बिकासमा यस अघि पनि आफु लागेको उल्लेख गर्दै अब जनताले थप सेवा गर्ने जिम्मेवारी थपिदिने बिश्वास व्यक्त गर्नु भयो ।

घरदैलोका क्रममा उहाले लामो समयदेखि राजनीति एवं सामाजिक सेवामा गरेको योगदान, समृद्ध पाल्पा निर्माणमा भएको दृष्टिकोणलाई बुझेर आफुलाई पार्टीले उम्मेदवार बनाएकोले सूर्य चिन्हमा मतदान गरि बिजय बनाउन समेत उहाँले आम मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

मतदाताहरु संगको भेटका क्रममा श्रेष्ठले यसक्षेत्रको सडकको स्तरउन्नति गर्ने, खेतीयोग्य जमिनमा सिंचाइ ,पहाडी भुगोलमा उपयुक्त खेती, फलफूल, तरकारी, जडिबुटी व्यवसाय, धार्मिक पर्यटन विकास, भुमिहिन र सुकुम्बासी अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, होमस्टे पर्यटन क्षेत्रको निर्माण, अस्पताल साथै स्वास्थचौकीको स्तरउन्नती, युवाहरूलाई स्वरोजगार सृजना गर्न उत्पादन र उद्यमशिलता बिकास नीतिगत योजना निर्माण र कार्यान्वयनमा पहल गर्ने प्रतिवद्वता गर्नुभएको छ ।
हामी बनाउछौ हाम्रो पाल्पा भन्ने संकल्प पुरा गर्न समग्र पाल्पाको समृद्धिको निम्ति सूर्य चिन्हमा मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal