कामको मुल्यांकन गरेर मतदान गर्न उम्मेद्वार श्रेष्ठको मतदातालाई आग्रह


रामपुर,२३ कात्तिक– नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा क का प्रदेशसभा सदस्य पदका उम्मेद्वार राजुप्रसाद श्रेष्ठले कामको मुल्यांकन गरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

चुनावी प्रचारप्रसारको अभियानमा रहनुभएका श्रेष्ठले आफुले गरेका सामाजिक कामको मुल्यांकन गरेर जनताले मतदान गर्ने बताउनुभएको छ । मतदाताको घर घरमा मतदातालाई भेट्ने क्रममा उहाँले पूर्वी पाल्पाको बिकासमा यस अघि पनि आफु लागेको उल्लेख गर्दै अब जनताले थप सेवा गर्ने जिम्मेवारी थपिदिने बिश्वास व्यक्त गर्नु भयो ।

घरदैलोका क्रममा उहाले लामो समयदेखि राजनीति एवं सामाजिक सेवामा गरेको योगदान, समृद्ध पाल्पा निर्माणमा भएको दृष्टिकोणलाई बुझेर आफुलाई पार्टीले उम्मेदवार बनाएकोले सूर्य चिन्हमा मतदान गरि बिजय बनाउन समेत उहाँले आम मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

मतदाताहरु संगको भेटका क्रममा श्रेष्ठले यसक्षेत्रको सडकको स्तरउन्नति गर्ने, खेतीयोग्य जमिनमा सिंचाइ ,पहाडी भुगोलमा उपयुक्त खेती, फलफूल, तरकारी, जडिबुटी व्यवसाय, धार्मिक पर्यटन विकास, भुमिहिन र सुकुम्बासी अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, होमस्टे पर्यटन क्षेत्रको निर्माण, अस्पताल साथै स्वास्थचौकीको स्तरउन्नती, युवाहरूलाई स्वरोजगार सृजना गर्न उत्पादन र उद्यमशिलता बिकास नीतिगत योजना निर्माण र कार्यान्वयनमा पहल गर्ने प्रतिवद्वता गर्नुभएको छ ।
हामी बनाउछौ हाम्रो पाल्पा भन्ने संकल्प पुरा गर्न समग्र पाल्पाको समृद्धिको निम्ति सूर्य चिन्हमा मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal