प्रेस चौतारी पत्रकार कल्याणकारी कोषमा समाजसेवी सन्तोष पन्तद्वारा आर्थिक सहयोग
भरतपुर,१७ कात्तिक– प्रेस चौतारी नेपाल चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा लेखक तथा समाजसेवी सन्तोष पन्तले आर्थिक सहयोग गर्नुभएको छ ।
आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनका साधारण सदस्यसमेत रहनुभएका पन्तले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत नगद ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्षा र समस्यामा सानो भए पनि योगदान गर्ने ठानेर आफूले गरेको पन्तले बताउनुभयो । पन्त विभिन्न सामाजिक गतिविधी र विषेश गरी ट्राफिक चेतना एवम् सुरक्षा सम्वन्धी विषयमा कलम चलाउदै आउनुभएको छ ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो ।
प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रमका साथै पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ । साथै चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याजबाट सहयोग गर्ने लगायतका विभिन्न उद्देश्य राखेर कोषको स्थापना गरिएको प्रेस चौतारी चितवनले जनाएको छ ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















