उम्मेद्वारी फिर्ता हुदैन ः जगन्नाथ
भरतपुर,१७ कात्तिक– चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले सबैको सल्लाहमा उम्मेद्वारी दिएको बताउनुभएको छ ।
उहाँले कसैले उमेदवारी फिर्ता लिनुस वा दिनुस भन्दैमा आफुले उमेदवारी फिर्ता नदिने बताउनुभएको हो । स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भुईकटहर नामले चर्चामा आउनुभएका जगन्नाथ पौडेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा पनि चितवन क्षेत्र नम्बर ३ बाट उमेदवार बन्नुभएको छ ।
निर्वाचनको मिति नजिकिदै गर्दा आफ्नो प्रचारप्रसारलाई व्यापक बनाउदै लैजानुभएका पौडेलले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै चुनावी अभियान सुरु भएको जानकारी दिनुभएको छ । आज भरतपुरको गीतानगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले इमानदार र निष्ठाको राजनीति गरेर आएको बताउदै स्थानीय तहमा पाएको जनमतबाट उत्साहित भएको उहाँले बताउनुभयो ।
चितवन क्षेत्र नम्बर ३ का जनता आफ्नो साथमा रहेको बताउदै । चितवन ३ मा बिकासका लागि मंसिर ४ गते सूर्यमुखी चुनाब चिन्हमा मतदान गरेर साथ दिन अनुरोध समेत गर्नुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















