जनताको भरिया भएर काम गर्नेछु ः गुरुङ
वालिङ,१३ कात्तिक– नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार धनराज गुरुङले जनताको भरिया बनेर काम गर्ने बताउनुभएको छ ।
आइतबार भीरकोट नगरपालिका ५ र ९ को पकान, सिम्ले, आग्रीडाँडा, लगायतका स्थानहरुमा मतदाताहरु संग भेटघाट कार्यक्रममा बोल्दै गुरुङले सो कुरा बताउनुभएको हो । आफुले निर्वाचन जितेर गएपनि जनताको सेवामा हरबखत लागिपर्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधि जनताको सेवक तथा भरिया भएको भन्दै जनताको दुःखसुखमा जनतासंगै हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचार र बेथितिको अन्त्य गरी सम्मुनत मुलुक निर्माणका लागि लागिपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सभा उम्मेदवार भोजराज अर्यालले स्वदेशमै रोजगार स्थापित गरी युवाहरुलाई स्वदेशमै रहने वातावरण सृजना गर्ने बताउनुभयो । देशको खम्बा युवाहरु विदेशिने क्रम नरोकिएमा देशमा उन्नति हुँन नसक्ने भएकाले देशको मेरुदण्ड यहीँ रहने वातावरण निर्माण गर्नुपर्ने अर्यालको भनाइ थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















