भीरकोटलाई पर्यटकीय हब बनाउछौ ः एमाले नेतृ अर्याल


वालिङ,१३ कात्तिक– नेकपा एमालेकी सचिव एवं स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार पद्मा अर्यालले भीरकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताउनुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभासदस्य निर्वाको लागि कोआइतबार भीरकोट नगरपालिकाका मतदाताहरु संगको भेटघाट कार्यक्रममा पूर्व मन्त्री समेत रहनुभएकी आर्यालले सो कुरा बताउनुभएको हो । भीरकोटमा पर्यटकीय तथा ऐतिहासिक स्थलहरु रहको र यी स्थलहरुका माध्यमबाट यस क्षेत्रको विकास गर्ने सकिने बताउदै यस क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न आफु लागि पर्ने अर्यालले बताउनुभयो ।

भीरकोट ६ र ७ को सिमलचौर, खिलुङ, चिउरीखर्क लगायतका स्थानहरुमा पुगेर मतदाताहरुसंग भेटघाट गर्दै अर्यालले एमालेको तर्फबाट उम्मेद्वार भएका उम्मेद्वारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरेर सुखि नेपाली समृद्ध नेलपाल बनाउने अभियानमा सहभागि हुन समेत आम मतदाताहरुलाई आग्रह गर्नुभो

पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले यस अघि आँफु मन्त्रालयमा रहँदा स्वरेकमा प्याराग्लाईङि स्पोर्टको निर्माण गरी त्यहाँसम्म पुग्नका लागि वालिङदेखि र बयरघारीदेखि स्वरेक जान सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन गरेएको र सडक कालोपत्रे भइसकेको बताउदै बाँकी रहेका सडक फेरि अर्को चरणमा कालोपत्रे गर्नुका साथै स्तरउन्नती गर्ने समेत बताउनुभयो ।
भीरकोटमा रहेका पर्यटकीय गाउँहरुलाई होमस्टेको रुपमा विकास गरी यहाँका नागरिकहरुको आर्यआर्जनलाई अभिवृद्धि गर्न आफ्नो पहलमा होमस्टेहरुका लागि बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

केन्द्र सरकारले बजेट र नीति बनाउने भन्दै बिनियोजित बजेटको स्थानीय सरकारले समन्वय गरी कार्यान्वयन गर्नुपर्नेमा भीरकोट अस्पतालका लागि बजेट विनियोजन भएपनि काम हुँन नसकेको प्रति अर्यालले दुख ब्याक्त गर्दै केन्द्रबाट अस्पताल निर्माणको लागि बजेट पठाउदा पनि काम गर्न स्थानीय सरकारले चासो नदेखाउदा अस्पताल बन्न नसकेको र आगमी दिनमा अधुरा कामहरु पुरा गरिने समेत अर्यालले बताउनुभयो ।

भेटघाट कार्यक्रममा गण्डकी प्रदेश क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदरुयका उम्मेद्वार मोहन रेग्मीले जिल्लाका होमिस्टेहरुलाई ग्रामिण पर्यटकीय क्षेत्रका रुपमा विस्तारका लागि नेकपा एमालेको नेतृत्वमा सरकार हुदा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको र त्यो बजेटले धेरै पर्यटकीग गाउँहरुमा पूर्वाधारहरु समेत निर्माण भएको बताउनुभयो । नेकपा एमालेले मात्रै जनचाहना अनुसार काम गर्ने बताउदै एमालेका उम्मेद्वारको पक्षमा मतदान गर्न रेग्मीले आग्रह गर्नुभयो ।

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal